एजेन्सी– बलिउड स्टार शाहरुख खानको २१ डिसेम्बरमा रिलिज हुने फिल्म ‘जिरो’ को अग्रिम बुकिङ निकै राम्रो देखिएको छ। यो फिल्मको पहिलो दिनको कलेक्सन नै ३० करोडभन्दा बढी हुने अनुमान गरिएको छ।
मुम्बई, कोलकाता, दिल्ली र इन्दौर जस्ता सहरका हलमा यो फिल्मको पहिलो दिनको बुकिङ हाउसफुल भइसकेको बताइएको छ। बिहीबार साँझसम्म अन्य सहरका फिल्म हलमा पनि हाउसफुल हुनसक्ने बताइएको छ।
फिल्म जिरो रिलिज हुने दिन बिदा पनि परेकोले शाहरुखलाई अझै फाइदा हुने देखिन्छ। यो फिल्मले पहिलो हप्तामा नै डेढ सय करोड कलेक्सन गर्नसक्ने फिल्म समीक्षकहरुले बताएका छन्।
फिल्म जिरो शाहरुखका लागि निकै महत्वपूर्ण मानिएको छ। किनकि, उनका पछिल्ला केही फिल्म असफल सावित भएका थिए।
फिल्म जिरो पछिल्लो एक वर्षदेखि चर्चामा छ। फिल्मको ट्रेलर दर्शकले मन पराइसकेका छन्। अहिलेसम्म रिलिज भएका गीत पनि हिट भइसकेका छन्।
शाहरुखले यो फिल्म हिट बनाउन सके आफ्नो ओरालो लागेको यात्रालाई उकालोतिर लैजान सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।