एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगिताको १२औं सिजनका लागि पहिलो राउन्डमा जयदेव उनादकट, बरुण चर्कवर्ती र शिवन दुबे महँगो रकममा बिक्रि भएका छन्।
मंगलबारको अक्सनमा उनादकट सबैभन्दा बढी ८.४ करोड भारतीय रुपैयाँमा बिक्रि भएका हुन्। उनी गत सिजन ११.४ करोड भारतीय रुपैयाँ बिक्रि भएका थिए। अघिल्लो साल राजस्थान रोयल्सबाट खेलेका उनलाई सो साल पनि राजस्थानले नै खरिद गरेको हो।
अक्षर पटेललाई दिल्ली क्यापिटलले ८.४ करोड भारतीय रुपैयाँ आबद्ध गरेको छ। उनको बेस प्राइस १ करोड भारतीय रुपैयाँ थियो। यता युवराज सिंह भने मुस्किलले बिक्रि भए। अन्तिम समयमा उनलाई मुम्बइ इन्डियन्सले बेस प्राइस १ करोड भारतीय रुपैयाँमा आबद्ध गरेको हो।
मार्टिन गुप्टिल र ब्रेन्डन म्याकुल जस्ता खेलाडी पहिलो दिन बिकेका छैनन्। यस्तै अस्ट्रेलियाका ओपनर एडम जाम्पा पनि कुनै पनि टिममा आबद्ध हुन सकेका छैनन्।
हसिम अमला, केन रिचार्डसन, नमन ओझा, चेतेश्वर पुजारा, मनोज तिवारी, सौरभ तिवारी, ग्लेन फिलिप्स, मुस्फिकर रहिम, एन्जोलो म्याथ्यु पनि पहिलो दिन बिक्रि हुन सकेनन्।
उनादकटसँगगै बरुण चर्कवती पनि ८.४ करोड भारतीय रुपैयाँ बिक्रि भएका छन्। उनलाई रोयल च्यालेन्जर्स बैंग्लोरले आबद्ध गरेको हो।किंग्स इलावेन पञ्जावले साम कुरानलाई ७.२ करोड भारतीय रुपैयाँमा आबद्ध गरेको छ। दिल्लीले कोलिन इनग्रामलाई ६.४ करोड भारतीय रुपैयाँ किनेको छ।
यस्तै बैंग्लोरले शिमरान हेटमेयरलाई ४.२ करोड भारतीय रुपैयाँमा आबद्ध गरेको छ। उनको बेस प्राइस ५० लाख भारतीय रुपैयाँ थियो। दिल्लीले ५० लाख बेस प्राइस भएका हनुमा बिहारीलाई २ करोडमा किनेछ।
पञ्जावले १ करोड बेस प्राइस भएका मोहमद सामीलाई ४.८ करोड भारतीय रुपैयाँमा आबद्ध गरेको छ।मुम्बइले लासिज मालिंगालाई २ करोड भारतीय रुपैयाँमा आबद्ध गरेको छ।
चेन्नई सुपरकिंग्सले मोहित शर्मालाई ५ करोडमा आबद्ध गरेको छ। राजस्थानले बरुण एरोनलाई २.४ करोड भारतीय रुपैयाँमा आबद्ध गरेको छ। यस्तै निकोलस पुरन ४.२ करोड भारतीय रुपैयाँ मा पञ्जाव, जोनी बायस्टो सनराइजर्स हैदराबादमा २.२ करोड भारतीय रुपैयाँ, इशान्त शर्मा १.१ करोड भारतीय रुपैयाँ दिल्लीमा आबद्ध भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।