डर्टमुन्ड– जर्मन बुन्डेस लिगाअन्तर्गत शीर्ष स्थानको बोरुसिया डर्टमुन्डको अपराजित यात्रामा पूर्णविराम लागेको छ।
डर्टुमन्डलाई मंगलबार राति भएको खेलमा फोर्टुना डुसेलडोफले २–१ गोलले पराजित गरेको हो। फोर्टुनाका लागि लुकेबाकिओले २२ र जिमेरले ५६ मिनेटमा गोल गरे। डर्टमुन्डका अल्कासेरले ८१ मिनेटमा गोल फर्काएपनि त्यो सान्त्वनामै सीमित बन्यो।
लिगमा डर्टमुन्ड १६ खेलबाट ३९ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको म्ग्लाबाचको ३३ अंक छ भने एक खेल कम खेलेको डिफेन्डिङ च्याम्पियन वायर्न म्युनिखको ३० अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।