• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन २७, २०८२ Wed, Mar 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

यसरी भयो \'द स्पेशल वान\' माउरिन्होको पतन

64x64
नेपाल लाइभ बुधबार, पुस ४, २०७५  १०:१८
1140x725

बेन सदरल्यान्ड (बीबीसी)- जोसे माउरिन्होलाई म्यानचेस्टर युनाइटेड फुटबल क्लबले बर्खास्त गरेको छ। उनको जस्तो व्यक्तित्व छ र जति ठूलो नाम म्यानचेस्टर युनाइटेड क्लबको छ त्यो हिसाबले हेर्दा यो स्तब्ध तुल्याउने खाले समाचार हो, तर यो अचानक भएको वा आश्चर्यजनक कुरा भने होइन।

यस्मा अचम्मको कुरा एउटा मात्र छ त्यो हो यो किन ढिलो भयो? न्यूकासलसँगको खेलमा म्यानचेस्टर युनाइटेडको प्रदर्शन राम्रो नभइदिएको भए केही महिनाअघि नै माउरिन्होको पद जान सक्थ्यो। उक्त खेलमा दुई शून्यले पछाडि परेको म्यान यू सम्हालिँदै खेलेर दुईका विरुद्ध तीन गोलले विजयी बनेको थियो।

तर फुटबल खेलको विवरणहरूलाई छाड्ने हो भने यो एक आफैँमा ठूलो नाटकीय घटना हो। र यो घटनाको पृष्ठभूमिमा एउटा ठूलो नाम भएको व्यक्तिले त्योभन्दा पनि ठूलो चुनौती रहेको कामको जिम्मा लिने निर्णय गर्नु रहेको छ।

नाटकीयताको दृष्टिले हेर्दा कथानकमा अभ्यास गरिने त्यस्को मूल पात्रको अग्लिने र होच्चिने घटनाक्रमसँग माउरिन्होको व्यावसायिक जीवनलाई पनि दाँज्न मिल्छ।

उनको फुटबल व्यवस्थापनसँग जोडिएका नाटकमा उनी पहिले तल खसे फेरि उकालो लागे। त्यसपछि निरन्तर खस्कँदै गए र झन् खस्कँदै गए।

विभिन्न फुटबल क्लबहरूमा बितेको माउरिन्होको समय तीन अङ्कको नाटकको संरचना जस्तो छ।

पहिलो सिजनामा सफलताका लागि आधार निर्माण। दोस्रो सिजनामा सफलताको उपलब्धि। तेस्रो सिजनमा सबैसँग मनमुटाव र तिक्ततापूर्ण बहिर्गमन।

चेल्सीमा हुँदा पनि त्यस्तै रह्यो। इन्टर मिलानमा, रेआल मड्रिडमा त्यस्तै रह्यो। फेरि चेल्सीमा फर्कँदा पनि घटनाक्रम त्यस्तै रह्यो।

Ncell 2
Ncell 2

तर म्यानचेस्टर युनाइटेडमा त्यस्तो संरचना दोहोरिएको देखिएको थिएन। विशेषगरी अन्य क्लबको हकमा माउरिन्होको दोस्रो सिजनमा देखिने सफलताको कुरा त्यहाँ देखिएन। म्यानचेस्टर युनाइटेडमा उनको प्रदर्शन सोझै निर्माणबाट विनाशमा गयो।

अब प्रश्न उठ्छ किन त?

इमानदारीपूर्वक भन्ने हो भने म्यान यूले माउरिन्होको पहिलो सिजनका बेला युरोपा लिगमा जित हासिल गरेको थियो, त्यो पनि म्यानचेस्टर एरेनामा भएको आतङ्कवादी हमलापछि भावपूर्ण परिस्थितिमा।

तर लिगमा भने तिनीहरू छैठौँ स्थानमा परे। त्यो सिजनभरी नै म्यान यूको खेल धेरैजसो बराबरीमा टुङ्गियो र "ड्र स्पेसियलिस्ट" भन्ने नामै रहन गयो।

तर सर एलेक्स फर्गुसनको मातहतमा क्लब रहेका बेला जितको जुन अभ्यासमा क्लबकका प्रशंसकहरूलाई बानी परिसकेको थियो नयाँ नतिजाबाट तिनीहरू खुसी हुने कुरै भएन।
फर्गुसनको फुटबल आक्रामक र साहसिलो थियो- खेलाडीहरू जितेरै छाड्ने मनस्थितिमा रहने गर्थे।

माउरिन्होको मातहतमा त्यस्ले प्रतिरक्षात्मक र केही कमजोर स्वरूप लिन पुग्यो। खेलाडीहरू खेलको अन्त्यमा खुसीयाली मनाउने अवस्थाको साटो झोक्राएका र अप्ठेरो मौनतामा देखिने गर्न थाले।

आफ्नै व्यक्तित्वका कारण पनि माउरिन्होले अन्त्यमा सुखद परिमाण ल्याइहाल्छन् भन्ने धारणा फुटबल संसारमा व्याप्त छ।

तर यो म्यानचेस्टर युनाइटेड जस्तो क्लब सम्हाल्ने कुरा थियो। पोर्टो, चेल्सी र इन्टर मिलान जस्ता उनले पहिले काम गरेका क्लबहरूको दाँजोमा यहाँ खेलको शैलीले निकै महत्व राख्दछ।

क्लबका प्रसंशकहरू आफूले हेर्नु परेको खेलको अवस्थाबाट बढ्दो रूपमा असन्तुष्ट हुँदै थिए। र त्यो अवस्था झन् बिग्रन पुग्यो।

पहिलो कुरा सहरको अर्को छेउमा रहेको म्यानचेस्टर सिटी पेप ग्वार्डिओलाको नेतृत्वमा पहिले म्यान यूले खेल्ने शैलीमा खेल्दै थियो।

माउरिन्होको दोस्रो सिजनमा क्लब दोस्रो त बन्यो तर त्यो उल्लेख्य खेलका लागि चिनिएन। पहिलो हुने क्लबको दाँजोमा सो क्लब १९ अङ्कले तल थियो।

यो अस्वस्थाले माउरिन्होलाई गहिरो चोट पुर्‍याएको हुनुपर्छ। पेप ग्वार्डिओलाले उनलाई छायाँमा पारिदिएका थिए।

थुप्रै सफलता चाखेका माउरिन्होलाई ग्वार्डिओलाको उदयले उछिन्यो। र एउटा सहरमा ग्वार्डिओलाले म्यानचेस्टर सिटीलाई उचाइमा पुर्‍याइँदा माउरिन्होमाथि दबाव पर्नु स्वाभाविक पनि हो।
जुन अवस्थालाई उनको पतनको दोस्रो कारण भन्न सकिन्छ।

म्यानचेस्टर युनाइटेडमा हुने पत्रकार सम्मेलनहरूमा उनी प्रस्तुत हुने शैली उनको टोलीको जस्तै प्रतिरक्षात्मक देखिन थाल्यो अझ केही आक्रोशसहित।

उनी पहिलोपल्ट इङ्गल्यान्ड आउँदा सञ्चार जगत्‌ले दिने चासो उनलाई मन पर्थ्यो, तिनीहरू उनलाई माया गर्थे।

उनको पहिलो सार्वजनिक उपस्थितीमा नै प्रेस जगत्‌ले उनलाई विशेष व्यक्ति "द स्पेशल वान" भन्ने उक्तिलाई महत्त्वका साथ फैलाइदिए।

तर म्यानचेस्टर युनाइटेडमा हुँदा भएका उनका पछिल्ला पत्रकार सम्मेलन झन् झन् प्रतिरक्षात्मक बन्न थाले। त्यसो हुँदा उक्त क्लबका सार्वजनिक सम्बन्ध व्यवस्थापन गर्नेहरू पनि चिन्तित थिए। 

अझ चिन्ताजनक कुरो त उनले पत्रकार सम्मेलनहरूमा नै आफ्ना खेलाडीहरूको आलोचना गर्न थालेका थिए। जुन एकदमै जोखिमपूर्ण रणनीति हो।

त्यो कुनै प्रतिभाशाली तर कमजोर प्रदर्शन गर्ने खेलाडीको हकमा त सकारात्मक हुन सक्ला सबैका हकमा भने होइन। क्लबको ड्रेसिङ रुपमा असन्तोष फैलिएको धेरै समय भैसकेको थियो। यो सिजनमा माउरिन्होले क्लबका कुनै समयका सबैभन्दा महँगा खेलाडी पल पोग्बाविरुद्ध विशेष आक्रोश पोखे।फ्रान्समा विश्वस्तरका देखिएका उनी धेरैजसो बेन्चमा नै राखिए।

पाँच करोड बीस लाख पाउन्डमा किनिएका फ्रेडले खासै खेलेका छैनन्। एलेक्सिस सान्चेजले खेल देखाउन सकेनन्। र माउरिन्होले सान्चेज, पोग्बा र लुकाकुजस्ता प्रिमिएर लिगका सबैभन्दा धेरै पैसा पाउने मध्येका तीन खेलाडीबाट काम लिन सकेनन्।

आइतबार लिभरपुलसँगको तीन-एकको हारले नै अन्त्यको सङ्केत गर्‍यो।

जित्न सकिने सम्भावना भएका पाँचवटा खेल र ज्यानुअरीमा थप खेलाडी किन्न सकिने अवस्था बाँकी छँदै म्यानचेस्टर युनाइटेडको बोर्डले अवस्था थप खराब हुन नदिने हिसाबले सक्रियता देखाएको छ। तिनीहरूको निर्णयका पछाडि क्लबभन्दा कोही व्यक्ति ठूलो हुन सक्दैन भन्ने मान्यताले काम गरेको देखिन्छ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०७५  १०:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध
जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने कांग्रेसको निर्णय
६ दलले पाए राष्ट्रिय दलको मान्यता
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध बुधबार, फागुन २७, २०८२
जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने कांग्रेसको निर्णय बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश बुधबार, फागुन २७, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
दुबई उडान सञ्चालन गर्दै नेवानि, पहिला आउनेलाई पहिलो प्राथमिकता मंगलबार, फागुन २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्