बार्सिलोना– स्पेनिस महारथी क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसीले पाँचौ पटक युरोपियन गोल्डन बुट अवार्ड हात पारेका छन्।
मेसीले गत सिजन ला लिगाका ३६ खेल खेल्दै ३४ गोल गरेका थिए। लिभरपुलका फरवार्ड मोहमद सलाहले प्रिमियर ३२ गोल गर्दै दोस्रो स्थानमा रहन सफल भएका थिए।
योसँगै मेसी युरोपियन गोल्डेन बुट सर्वाधिक जित्ने खेलाडी बनेका छन्। उनले गत सिजन चौथो पटक अवार्ड जितेर क्रिस्टियानो रोनाल्डोको रेकर्डसँग बराबरी गरेका थिए।
यता इंग्लिस फरवार्ड ह्यारी केनले गत सिजन ३० गोल गर्दै तेस्रो स्थानमा रहेका थिए। गत सिजन स्पेनिस क्लब रियल म्याड्रिडबाट खेलेका रोनाल्डोले २६ गोल गरेका थिए। रोनाल्डो हाल इटालियन क्लब युभेन्ट्समा आबद्ध छन्।
मेसीले यो सिजन पनि सर्वाधिक गोलमा अघि छन्। उनले जारी सिजनमा १४ गोल गरिसकेका छन्। जसले गर्दा मेसीले छैटौं पटक गोल्डेन बुट जित्ने विश्वास गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।