काठमाडौं- सात वटै प्रदेश सभाका सभामुख र उपसभामुखको बैठकले सरकारको मर्यादाक्रम संशोधन गर्न आग्रह गरेको छ।
चितवनको सौराहामा गत मंसिर २९ गते सम्पन्न सातै प्रदेशका संसदको नेतृत्वले मर्यादाक्रम संशोधन गरी प्रदेश सभाका पदाधिकार तथा सदस्यहरुको स्थान परिमार्जन गर्न पहल गर्ने उल्लेख गरेको छ।
यसैगरी सातै प्रदेशमा अत्यधुनिक प्रविधियुक्त प्रदेश सभा हलसहितको सचिवालय भवन र अन्य पूर्वाधान निर्माण गर्न समेत पहल गर्ने बैठक पछि जारी विज्ञप्तिमा उल्लेख गरेको छ।
सो भेलाले पारित गरेको निष्कर्ष मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको हो।
यस्तो छ सातै प्रेदशका सभामुख तथा उपसभामुखले प्रधानमन्त्रीलाई बुझाएको चितवन भेलाको निष्कर्षः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।