काठमाडौं– रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को तेश्रो संस्करणका लागि खेलाडी दर्ताको आवेदन खुला भएको छ।
फर्म पुस ४ गतेदेखि पुस १० गतेभित्र भर्नु पर्ने डिपिएलले जनाएको छ। यो सिजन सम्पूर्ण खेलाडीलाई एकै वर्गमा समावेस गरिएको छ। खेलाडीले फर्म भर्दा न्यूनतम ३० हजारदेखि अधिकतम २ लाख ५० रुपैयाँसम्म आफ्नो वेस प्राइस निर्धारण गर्न सक्नेछन्।
फर्म भर्नका लागि डिपिएलको आधिकारिक वेभ पोर्टल www.dplofficial.com मा लग इन गर्नु पर्नेछ। फर्म शूल्क डिपिएलकै वेव साइटमा दिईएको ई-सेवाको लिंक मार्फत भुक्तानी गर्नुपर्ने छ। फर्मको शूल्य १ हजार रुपैयाँ तोकिएको छ।
अक्सन यहि पौष १२ गते गरिने छ।
ट्यालेन्ट हन्टको फर्म धनगढी क्रिकेट एकेडेमीको अफिसमा गएर भर्न सकिने छ भने ट्यालेन्ट हन्टको छनोट मिति पौष ९ गते सोमबारका धनगढी क्रिकेट एकेडेमीमा गरिने छ। ६ टिमको सहभागिता रहने डिपिएल माघ १९ गतेदेखि फागुन ४ गतेसम्म धनगढीको फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।