म्यानचेस्टर– म्यानचेस्टर युनाइटेडले जोसे माउरिन्होलाई प्रशिक्षकबाट बर्खास्त गरेको छ। प्रिमियर लिगमा खराब प्रदर्शन जारी राखेपछि माउरिन्हो बर्खास्तगीमा परेका हुन्।
५५ वर्षीय पोर्चुगिज माउरिन्हो सन् २०१६ मा म्यानचेस्टरको प्रशिक्षक नियुक्त भउका थिए। जारी लिगमा शीर्ष स्थानको लिभरपुल भन्दा १९ अंक पछि परेपछि म्यानचेस्टर व्यवस्थापन असन्तुष्ट थियो।
उनले ११ जना खेलाडी क्लबमा भित्र्याउदा ४ सय मिलियन पाउन्ड भन्दा बढी खर्च गरेपछि नजिता दिन भने असफल भएको क्लबको निष्कर्ष छ।
जारी लिगमा छैटौं स्थानम रहेको म्यानचेस्टरलाई आइतबार भएको खेलमा लिभरपुलले ३–१ गोलले हराएको थियो।
अब म्यानचेस्टरले तत्कालका लागि कामचलाउ प्रशिक्षक नियुक्त गर्ने बताएको छ। केहि समयपछि पूर्णकालिन प्रशिक्षक नियुक्त गर्ने म्यानचेस्टरको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।