एजेन्सी– बलिउड फिल्म ‘बाहुबली’ पछि साउथ इन्डियन सुपरस्टार प्रभास नयाँ फिल्म ‘साहो’ मार्फत दर्शकमाझ आउने तयारीमा छन्। उनको फिल्म ‘साहो’को प्रदर्शन मिति घोषणा भएको छ।
फिल्म समीक्षक तरुण आदर्शले एक ट्विटमार्फत फिल्म ‘साहो’को प्रदर्शन मिति तय भएको जानकारी गराएका हुन्। आदर्शका अनुसार साहो २०१९ अगस्ट १५ बाट प्रदर्शन आउने छ। फिल्ममा प्रभासका साथमा अभिनेत्री श्रद्धा कपुर देख्न सकिन्छ।
९० प्रतिशत वास्तविक एक्सन दृष्य समावेश गरिएको फिल्मलाई सुजित रेड्डीले निर्देशन गरेका हुन्। फिल्मको छायांकनका क्रममा ३७ कार र ३७ ट्रकको वास्तविक दुर्घटना गराइएको थियो जसले फिल्मका दर्शकलाई वास्तविक एक्सनको अनुभव मिलोस भन्ने उद्देश्यले सबै काम वास्तविक गर्न चाहेको फिल्मका अभिनेता प्रभासले बताएका छन्।
‘साहो’ मा नील नितिन मुकेश र मन्दिरा बेदी खलानायकका भूमिकामा देखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।