• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

डेंगु संक्रमण के हो र कसरी बच्ने?

64x64
नेपाल लाइभ मंगलबार, पुस ३, २०७५  २०:२०
1140x725

डेंगु रोग एक प्रजातिको लामखुट्टेको टोकाइबाट हुने सरुवा रोग हो। यो रोग एडिज एजिप्टाई र एडिज अल्वोपिक्ट्स जातको पोथी लामखुट्टेबाट सर्छ, जसले दिउँसो मात्र टोक्छ।

डेंगु रोग डेंगु भाइरसका कारणले हुने गर्दछ। डेंगु रोग इन्डियन सबकन्टिनेन्ट, साउथ एसिया, साउथर्न चाइन, ताइवान, पेसिफिन आइल्यान्ड, मेक्सिको, अफ्रिका, सेन्ट्रल र साउथ अमेरिका जस्ता ठाउँहरुमा बढी पाइने गरेको छ। सबैभन्दा धेरै साउथ इस्ट एसिया र वेष्टर्न पेसिफिक आइल्यान्डमा देखिएको छ।

२०१५ को सेप्टेम्बर महिनामा भारतको नयाँदिल्लीमा मात्रै १ हजार ८ सय ७२ जना बिरामी डेंगु रोगले सक्रमित भएको पाहिएको थियो। केही दिनअगाडि पोखराकै एक आस्पातलमा २८ जना बिरामी डेंगु रोगले संक्रमित भएको समाचार आएको थियो।

नेपालमा सन् २००४ मा डेंगुको पहिलो बिरामी पत्ता लागेको थियो। सन २००६ मा चितवनमा डेंगुका रोगीहरु भ्ेटिएका थिए। सन् २०१० मा ९ सयभन्दा धेरै बिरामी देशका विभिन्न ठाउँमा भेटिएका थिए। तीमध्ये पाँच जनाको मृत्यु भएको थियो।

२०७३ मंसिरमा झापाको दमकमा डेंगुको संक्रमणबाट एक जना भारतीय नागरिकको मृत्यु भएको थियो। सन् २०१२ ओक्टुबरमा भारतीय सिनेमा उद्योगका चर्चित व्यक्तित्व यस चोपडाको डेंगु रोगको कारणले मृत्यु भएको थियो। विश्व स्वास्थ्य संगठनका अनुसार केही दशकयता डेंगु संक्रमण नाटकीय ढंगले निरन्तर बृद्धि भइरहेको छ।

२०१६ मा वर्ड हेल्थ अर्गनाइजेसनले डेंगुको लागि ‘सनोफी पास्चर डेङभ्याक्सीय’ नामको भ्याक्सिन बनाएको थियो। यो भ्याक्सिन ९ देखि ४५ वर्ष उमेर समूहका बिरामीलाई दिने गरिन्छ। तर यो भ्याक्सिन त्यति प्रभावकारी नदेखिएको हुँदा वर्ड हेल्थ अर्गनाइजेसनले नै लामुखुट्टेबाट बच्ने र लामखुट्टे मार्नुलाई नै बढी प्रथामिकता दिएको छ।

अहिलेसम्म डेंगु मनिसबाट मनिसमा सरेको छैन। डेंगु ज्वरो भएका बिरामीलाई एडिज जातको लामखुट्टेले टोकेपछि उक्त लामखुट्टेले मान्छेलाई टोक्दा डेंगु रोग सर्दछ। लामखुट्टेको अलावा मनिसहरुको तिब्र बसाइँसराई र भ्रमणले यो रोग सार्न सहयोग गरिरहेको छ।

भारतका केही ठाउँमा लामखुट्टे बढाउने वातावरण बनाउने घरधनीलाई ५० हजारसम्म जरिवाना लगायत दन्डसजाय दिने भनिएको थियो।  डा. सुधिर अधिकारीका अनुसार डेंगुको खास उपचार छैन। यसले संक्रमित व्यक्तिको शरीरमा रगत जम्ने प्रक्रिया अव्यवस्थित बनाइदिन्छ। गम्भीर अवस्थाका डेंगुुका बिरामीको सम्पूर्ण शरीरमा रक्तस्राव गराइदिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

डेंगुुले बिरामीको शरीरमा हुने प्लेटलेट्सको मात्रा घटाइदिन्छ। जब प्लेटलेट्स काउन्ट १० हजारबाट कम हुँदै जान्छ तब शरीरका विभिन्न भागमा रक्तश्राव हुन सुरु हुन्छ। यस्तो अवस्थामा रगत दिनुपर्ने पनि हुनसक्छ। यसको साथै रक्तचाप (ब्लड प्रेसर) कम हुने तथा फोक्सोमा पानी जम्ने जस्ता खतरा पनि हुनसक्छ।

धादिङ जिल्लामा एक साताको अवधिमा २० भन्दा बढी बिरामी जिल्लामा उपचार हुन नसकी काठमाडौँ पठाइएको र केही बिरामी जिल्लामै उपचारका क्रममा रहेका छन्। जिल्ला स्वास्थ्य कार्यालय, धादिङले जिल्ला सदरमुकाम, धादिङबेसी र आसपासका क्षेत्रमा डेंगु फैलिएर महामारीको रुप लिएपछि नियन्त्रण गर्न २० वटा टोली परिचालन गर्ने भएको छ।

त्यसैगरी  झापामा डेंगु रोग भदौ, असोज र कात्तिक महिनामा बढी भेटिने भएकाले यसको रोकथामका लागि प्रभावित क्षेत्रमा अभियान सुरू भएको छ। झापाका शिवसताक्षी, दमक, भद्रपुर, मेचीनगरलगायत स्थानीय तहका सबै वडामा लामखुट्टे बस्ने र त्यसको लार्भा नस्ट गर्ने अभियान सुरु भइसकेको छ।

चितवनको रत्ननगरमा गरिएको अनुगमनमा ज्वरोका बिरामी प्रशस्तै देखिएको र उनीहरुमध्ये अस्पताल आएका धेरैलाई डेंगु भएको पुष्टि भएपछि अहिले डेंगु नियन्त्रण अभियान थालिएको छ।

Xtrem

Xtrem

डेंगु एक भाइरसको कारणले हुने रोग हो। ट्रपिकल र सबट्रपिकल क्षेत्रहरुमा अधिक रुपमा यो रोग देखा पर्दछ। वर्षातको मौसममा डेंगु फिवरको प्रकोप धेरै बढ्ने गर्दछ। डेंगु रोग फैलाउने लामखुट्टेले विशेषगरी दिनको समयमा टोक्ने गरेको पाइन्छ। डेंगु सार्ने लाम्खुट्टेहरु जमेको पानीको वरपर हुने गर्दछन्।

डेंगु एक प्रकारको भइरल इन्फेक्सन हो। जसलाई ४ प्रकारमा वर्गीकरण गरिएको छ। जस्तै डेनवी १, डेनवी २, डेनवी ३ र डेनवी ४। यो रोगका लक्षणहरु लामखुट्टेले टोकेको ४ देखि १० दिनपछि मात्र देखा पर्दछन्। यो रोगको बिरामीलाई समय मै अस्पातल पु¥याउन सकेको खण्डमा नियन्त्रण गर्न सकिन्छ।

हालसम्म डेंगु रोगको लागि कुनै विशेष औषधि बनिसकेको छैन। यद्यपि डेंगु रोगले ग्रस्त पारेर सिकिस्त बनाइसकेको बिरामीको लागि भने विविध उपचार गरिन्छ। डेंगु रोगले सक्रमित व्यक्तिहरुमा रुघाखोकी र तिब्र ज्वरो आउने, जाडो हुँदै ज्वरो आउने, टाउको दुख्ने, मुटुको धड्कन कम हुने, आँखा रातो हुने, अनुहार गुलाबी देखिने, खलखली पसिना आउने, आँखामा दुखाइ हुने, जोर्नीहरुमा दुखाइ हुने, बान्ता हुने, रिङ्गटा लाग्ने हुन्छ।

त्यस्तै स्वास फेर्न अप्ठ्यारो हुने, पेट दुख्ने, शरीर सुन्निने, छालामा राता बिमिरा देखिने, शरीरका अंगहरुबाट रक्तश्राव हुने, (विशेषगरी नाक, मुख र मांसपेशी (डेंगु हेमोरेज फेबर), पिसाब रातो आउने, दिसा कालो हुने, बेहोस हुने, ब्लड प्रेसर कम (लो) हुने, रगतमा हुने प्लेटलेट्सको मात्रा कम भई शरीरका विभिन्न अंगमा रक्तसंचार सुचारु रुपले हुन नसक्ने जस्ता लक्षणहरु हुने गर्दछन्।

डेंगु रोगका लक्षणहरु लेप्टोस्पाइरोसिस, टाइफाइड, एलो फेवर, स्कारलेट फिवर, रकी माउन्टेन फिवर, मेनिन्जोकोक्सेमिया, मलेरिया, चिकनगुनिया, फुड पोइजनिङ तथा अन्य रोगका लक्षणसँग पनि मिल्दाजुल्दा हुन्छन्।

डेंगु रोगबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्ने, घर वरपर जमेको पानी छ भने तुरुन्त पुरिदिने, लामखुट्टे भएको ठाउँमा जाँदा शरीर पुरै ढाकिने गरी कपडा लगाउने, डेंगु लागेको लक्षण देखापरेको अवस्थामा तुरुन्त अस्पताल वा स्वास्थ्य केन्द्रमा जाने, डेंगु लागेको शंका हुनासाथ अत्यधिक तरल पदार्थ सेवन गर्ने, अस्पताल वा स्वास्थ्य केन्द्र पुगेपछि डाक्टर तथा स्वास्थ्यकर्मीले भनेअनुसार गर्ने गर्नुपर्छ।

यो रोग लागेपछि लाक्षणिक उपचार गर्दै जाने हो। डेंगुुका बिरामीले मेवाको पातको जुस पिउँदा राम्रो हुन्छ भनिन्छ। डेंगुको बिरामीले एस्पिरिन, आइब्रुफिन जस्ता दुखाइ कम गर्ने औषधि सेवन गर्नु हुँदैन। यस्ता औषधिले रक्तश्राव बढाउने गर्दछ। पारासिटामोल तथा कोडिन जस्ता औषधिको प्रयोग गर्ने गरिन्छ।

गम्भीर बिरामीलाई अस्पातलमा राखेर फ्लुड हाइड्रेसन, ब्लड ट्रान्सफ्युजन, प्लेटलेट्स ट्रान्सफ्युजन, ब्लड प्रेसर सपोर्ट तथा अन्य इन्टेन्सिभ केयरको आवश्यकता पर्न सक्छ। १० वर्षभन्दा कम उमेर समूहका बाल बालिकामा यो रोग सर्ने प्रबल सम्भाबना हुन्छ। यो रोगको कारण ६ देखि ३० प्रतिशतसम्म बालबालिकाको मृत्यु दर रहेको छ। एक वर्षभन्दा कम उमेरका बालबालिकालाई डेंगु रोग लागेको खण्डमा मृत्यु हुने सम्भावना बढी हुन्छ।

लामखुट्टेलाई वातावरणबाट नै हटाउन सक्नु नै यो रोगबाट बच्ने प्रमुख उपाय हो। त्यसैले वातावरणीय सरसफाइमा विशेष ध्यान दिनु जरुरी देखिन्छ। लामखुट्टेले खुला ट्यांकी, कुलरभित्र जमेको पानी, गमलाको पानी, टुटेफुटेका सिसा वा भाँडामा जम्मा भएको पानी तथा खाल्टाखुल्टीमा जम्मा भएको पानीमा फूल पार्ने हुँदा यस्ता ठाउँमा पानी जम्न नदिनु र जमेको पानीलाई पुर्ने व्यवस्था गरिनु पर्दछ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०७५  २०:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको शोकमा यस वर्ष नीति अनुसन्धान प्रतिष्ठान दिवस नमनाउने
लागुऔषधसहित पाँच जना पक्राउ
बाढी–पहिरोका कारण देशभरका प्रमुख राजमार्ग बन्द
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको शोकमा यस वर्ष नीति अनुसन्धान प्रतिष्ठान दिवस नमनाउने शनिबार, असोज १०, २०८३
लागुऔषधसहित पाँच जना पक्राउ शनिबार, असोज १०, २०८३
बाढी–पहिरोका कारण देशभरका प्रमुख राजमार्ग बन्द शनिबार, असोज १०, २०८३
गोठमा सुतिरहेका दुई दाजुभाइमाथि खस्यो पहिरो, भाइको मृत्यु शनिबार, असोज १०, २०८३
एसडीजीका ३६ प्रतिशत लक्ष्य मात्रै सही दिशामा, अब परिणाम देखाउने समय हो : परराष्ट्रमन्त्री खनाल शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित) शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्