काठमाडौं- सहिद स्मारक 'ए' डिभिजन लिगमा मच्छिन्द्र क्लबले अन्तत: गोलको खाता खोलेको छ। मच्छिन्द्रले मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपिएफविरुद्ध गोल गर्दै नवौं खेलमा गोल गर्न सफल भएको हो।
मच्छिन्द्रले यसअघि खेलेका आठ खेलमा गोल गर्न सकेको थिएन। यसअघि खेलेका ८ मध्ये ३ खेलमा बराबरी खेलेको उसले तीन खेल गोलरहित बराबरी खेलेको थियो।
नवौं खेलमा गोलको खाता खोले पनि मच्छिन्द्रले जित भने निकाल्न सकेन। मच्छिन्द्र एपिएफसँग ३-१ गोलले पराजित भयो।
खेलको तेस्रो मिनेटमै एपिएफले अग्रता लियो। एपिएफका लागि अनिस लामाले गोल गरेका थिए। युवराज खड्काले मच्छिन्द्रका डिफेन्डरलाई छक्काउदै उपलब्ध गराएको पासमा लामाले गोल गरेका थिए।
१२ मिनेटमा एपिएफले अग्रता दोब्बर पार्यो। यसपटक युवाराजले गोल गरे। श्याम नेपालीको पासमा उनले एपिएफका लागि दोस्रो गोल गरे।
३३ मिनेटमा मच्छिन्द्रका लागि अलाबा अडेमोलाले गोल फर्काउन सफल भए। जुन गोल मच्छिन्द्रका लागि जारी लिगमा पहिलो बन्न पुग्यो।
खेल सकिन २ मिनेट बाँकी छदा एपिएफले तेस्रो गोल गरेको थियो। ८८ मिनेटमा रुपबहादुर लामाले फ्रिकिकबाट सानदार गोल गरे।
जितसँगै एपिएफ ९ खेलबाट १३ अंक जोड्दै अंक तालिकाको आठौं स्थानमा उक्लिएको छ। अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको मच्छिन्द्रको ९ खेलबाट ३ अंक छ।
मच्छिन्द्रले ९ खेलमा १२ गोल खादा १ गोल गर्न सकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।