काठमाडौं– भारत र अस्ट्रेलियाबीच पर्थमा खेलिएको दोस्रो टेस्टमा भारत १ सय ४६ रनले पराजित भएको छ।
भारत पराजित भएसँगै चार टेस्टको सिरिजमा १–१ को बराबरी भएको छ। यसअघि पहिलो टेस्टमा भारत विजयी भएको थियो।
टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो इनिङमा ३ सय २६ र दोस्रो इनिङमा ४ सय ४३ रन जोडेको थियो।
जवाफमा ब्याटिङ गरेको भारत पहिलो इनिङमा २ सय ८३ मा समेटियो। दोस्रो इनिङमा पनि भारत १ सय ४० रनमा अलआउट भयो।
भारतका लागि कप्तान विराट कोहलीले पहिलो इनिङमा १ सय २३ बनाए। यस्तै दोस्रो इनिङमा उनि १७ रनमै आउट भए
अस्ट्रेलियाको तर्फबाट पहिलो इनिङमा मार्कोस ह्यारिसले ७० रन तथा दोस्रो इनिङमा २९० रन बनाए। यस्तै उस्मान ख्वाजाले पहिलो इनिङमा ५ रन जोडे पनि दोस्रो इनिङमा ७२ रन जोड्न सफल भए।
बलिङमा अस्ट्रेलियाका नाथान लियोनले पहिलो इनिङमा ५ र दोस्रो इनिङमा ३ विकेट लिए। यस्तै माइकल स्टार्कले पहिलो इनिङमा २ र दोस्रो इनिङमा ३ विकेट हात पारे।
भारतको तर्फबाट इशान्त शर्माले पहिलो इनिङमा ४ र दोट्ठ्रो इनिङमा १ विकेट लिए। मोमहद सामीले दोस्रो इनिङमा ६ विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।