एजेन्सी– हिन्दी सिनेमामा जीवन्त अभिनय गर्ने पहिचान बनाएका नसिरुद्दीन शाह चलचित्रबाहेकका विषयमा खासै टिप्पणी गर्दैनन्। तर उनले सोमबार भने आफ्नो फेसबुकमार्फत भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको विषयमा टिप्पणी गरेका छन्।
शाहले आफ्नो पोस्टमा लेखेका छन्, 'विराट कोहली एक उत्कृष्ट ब्याट्सम्यान मात्र होइनन् उनी संसारकै खराब व्यवहार भएका खेलाडी हुन्। क्रिकेटको प्रतिभाबाहेक उनमा घमण्ड र खराब व्यवहार पनि छ। देश छाड्ने मेरो कुनै योजना छैन।'
उनले योबाहेक एक भनाइ पनि पोस्ट गरेका छन्। लेखेका छन्,' जो सत्तामा हुन्छ। उसले राष्ट्रवादको साहारा लिने विषयमा प्रश्न उठ्छ।'उनले गरेको पोस्टमा केहिले समर्थन गरे पनि धेरैले विरोध गरेका छन्।
केहि समयअघि भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले एक भिडियोमा गरेको टिप्पणीको जवाफमा कलाकार नसिरुद्दिनले प्रतिक्रिया जनाएका हुन्। उक्त भिडियोको कमेन्टमा कोहलीले 'जसलाई भारतीय खेलाडी मन पर्दैन उसले भारत छोडे पनि हुन्छ' भनेका थिए।
कोहलीले आफ्नो जन्मदिनको दिन उक्त भिडियो ट्विटर र इन्स्टाग्रामा अपलोड गरेका थिए। कोहलीको भिडियोपछि कतिपयले उनलाई 'ओभररेटेड' खेलाडीको समेत संज्ञा दिएका थिए। एक जना सोसल मिडिया प्रयोगकर्ताले लेखेका थिए,'तपाई ओभरेटेड खेलाडी हुनुहुन्छ। व्यक्तिगत रुपमा भन्नु पर्दा मलाई भारतीय ब्याट्सम्यान भन्दा अस्ट्रेलिया ब्याट्सम्यानको खेल्ने तरिका मन पर्छ।'
त्यसको जवाफमा कोहलीले भनेका थिए,'मलाई लाग्छ तपाई भारतमा बस्नु पर्ने ब्यक्ति होइन। अन्तै कतै रहनु पर्थ्यो।'
कोहलीले थपेका थिए,'तपाई हाम्रो देशमा बसेर अन्य देशलाई मन पराउनु हुन्छ? तपाई मलाई मन पराउनु हुन्न ठिक छ। तर मलाई लाग्दैन कि तपाई हाम्रो देशमा बसेर अन्य चिँज मन पराउनु हुन्छ। रोजाइको प्राथमिकता तय गर्नुहोस्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।