तेह्रथुम– तेह्रथुमको म्याङ्लुङमा सोमबारदेखि सुरु भएको भगिमान सिंह तुम्बाहाम्फे फुटबल कपको उद्घाटन खेलमा संखुवासभाले विजयी भएको छ।
संखुवासभाले तेह्रथुमलाई ३–२ गोलले हराउँदै दोस्रो चरणमा स्थान पक्का गरेको हो।
संखुवासभाका लागि जोयल लिम्बुले २ गोल गरे भने दिपक चौहानले १ गोल थपे।
तेह्रथुमका लागि सन्तोष लिम्बु र विमल गुरुङले गोल गरे।
प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको छ। विजेताले २ लाख १५ हजार रुपैयाँ प्राप्त गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।