काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबले उत्कृष्ट लय कामयै राखेको छ। लिगमा आठौं जित निकाल्ने क्रममा संकटाले सोमबार फ्रेण्ड्सविरुद्ध ३–१ गोलको जितको जित निकालेको हो।
संकटालाई उपाधि होडमा बलियो बनाउने क्रममा सोमबार तीन फरक खेलाडीले गोल गरे। खेलको २५ मिनेटमा एलोन म्याक्सवेलले गोल गरेर संकटालाई अग्रता दिलाए। उनले नोर्बट सेडिकको पासमा सुन्दर गोल गरेका थिए।
४५ मिनेटमा फ्रेण्ड्सले बराबरी गोल फर्काउन सफल भयो। फ्रेण्ड्सका लागि प्रजेन तामाङले बराबरी गोल फर्काएका थिए।
५४ मिनेटमा संकटाले खेलमा दोस्रो पटक अग्रता लियो। संकटाका लागि टेम्पी अर्नेस्टले कर्नर बलमा हेडमार्फत दोस्रो गोल गरेका हुन्। ३ मिनेटपछि संकटाले तेस्रो गोल गर्न सफल भयो। यसपटक दिपेश आलेमगरले लक्ष्मण रुचालको पासमा गोल गर्न सफल भए।
जितसँगै संकटाले ९ खेलबाट २४ अंक जोडेको छ। शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबको पनि २४ अंक नै छ। यद्पयपी मनाङले एक खेल कम खेलेको छ। तेस्रो स्थानको थ्रीस्टार क्लब ८ खेलबाट २१ अंक छ।
यता दिनको अर्को खेलमा सरस्वती युवा क्लब र जावलाखेल युवा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाढेका छन्।
अंक तालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।