काठमाडौं - सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्तर्गत सोमबारको खेलमा हिमालयन शेर्पा क्लबले न्यूरोड टिम (एनआरटी)लाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा हिमालयन शेर्पाले एनआरटीलाई १–० गोलअन्तरले हराएको हो। जितसँगै १४ अङ्क जोडेको हिमालयन शेर्पा अङ्क तालिकाको छैटौं स्थानमा उक्लेको छ । जारी लिगमा शेर्पको यो चौथो जित हो।
हिमालयनको जितमा विश्वास श्रेष्ठ नायक बने। उनले खेलको ४५औँ मिनेटमा गोल गरेका थिए।
प्रतियोगितामा एनआरटी अहिलेसम्म जितविहीन छ। पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग २-२ गोलको बराबरी खेलेपछि एनआरटीले लगातार आठौं खेलमा हार बेहोरिसकेको छ। एनआरटी १ अंक जोडेर अंक तालिकाको पुछारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।