बार्सिलोना– स्पेनिस ला लिगामा बार्सिलोनाले लेभान्तेलाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले लेभान्तेमाथि ५–० को सानदार जित हात पारेको हो।
बार्सिलोनाको सानदार जितमा स्टार स्ट्राइकर लिओनल मेसीले ह्याट्रिक पूरा गरे। उनले खेलको ४३, ४७ र ६० मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्। ला लिगामा मेसीको यो ३१औं ह्याट्रिक हो।
त्यसअघि बार्सिलोनाका लागि लुइस सुआरेजले ३५ मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए।
मेसीले ह्याट्रिक गरेपछि सहज अवस्थामा देखिएको बार्सिलोनाका लागि पाँचौ गोल जेरार्ड पिकेले ८८ मिनेटमा गरे।
लिगको अन्य खेलमा सेभिल्लाले गिरोनालाई २–० र स्प्यान्योललाई रियल बेटिसले ३–१ गोले पराजित गरेका छन्। भिल्लारिय र हेउसाले भने २–२ को बराबरी खेलेका छन्।
लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले १६ खेलमा ३४ अंक जोडेको छ। दोस्रो स्थानको सेभिल्लाको ३१ अंक छ। तेस्रो स्थानको एट्लेटिको म्याड्रिडले पनि ३१ अंक जोडेको छ। रियल म्याड्रिड भने २९ अंक जोडेर चौथो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।