फाइल तस्बिर
काठमाडौँ– सन् २०२० मा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटका लागि एशिया छनोट आगामी फागुनमा हुने भएको छ।
थाइल्याण्डमा आयोजना हुने छनोट प्रतियोगिता आगामी फागुन ६ देखि १५ गतेसम्म हुनेछ। छनोट प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, युनाइटेड अरब ईमिरेटस् (युएई), मलेसिया, कुवेत, चीन र हङकङले प्रतिष्पर्धा गर्नेछन्।
राउण्ड रोबिनको आधारमा हुने सो छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकप छनोट २०१९ प्रतियोगितामा छानिनेछ। यस्तै विजेता २०२० महिला विश्वकपमा सिधै छनोट हुनेछ।
छनोट प्रतियोगितामा सहभागी हुने नेपाली महिला टोलीले आगामी बुधबारदेखि प्रशिक्षण सुरु गर्ने नेपाली राष्ट्रिय टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए।
त्यसअघि महिला राष्ट्रिय क्रिकेट टिमले थाइल्यान्डमै आयोजना हुने महिला टी–२० स्मास प्रतियोगितामा सहभागिता जनाउने भएको छ। क्रिकेट एसोसिएसन अफ थाइल्यान्डको आयोजनामा हुने प्रतियोगिता आगामी पुस २८ देखि माघ ५ सम्म संचालन हुनेछ।
प्रतियोगितामा नेपालसहित १० देशका राष्ट्रिय टिमले भाग लिनेछन्। नेपाल रहेको समूहमा तान्जानिया, नामिबिया, इन्डोनेसिया र कुबेत रहेका छन्। प्रतियोगितालाई आगामी फागुन हुने आइसिसी महिला विश्व टी–२० छनोटका लागि तयारीको रुपमा लिइएको छ।
खेल तालिका
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।