लिभरपुल– इंग्लिस प्रिमियर लिगमा लिभरपुल फेरि शीर्ष स्थानमा उक्लिएको छ। लिभरपुलले आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई ३–१ गोलले पराजित गर्दै पुन: शीर्ष स्थानमा कब्ज जमाएको हो।
लिभरपुलको जितमा साडियो मानेले २४ मिनेटमा पहिलो गोल गरे। तर ३३ मिनेटमा म्यानचेस्टरका जिसे लिङगार्डले बराबरी गोल फर्काए।
दोस्रो हाफमा साकिरीले २ गोल थपेपछि लिभरपुल विजयी भयो। साकिरीले खेलको ७३ र ८० मिनेटमा गरी २ गोल गरेका थिए।
यता चेल्सीले ब्रिङ्टनलाई २–१ गोलले हरायो। चेल्सीका लागि पेड्रोले १७ मिनेट र इडिन हजार्डले ३३ मिनेटमा गोल गरे। ६६ मिनेटमा ब्रिङटनका मार्चले गोल गरेपनि त्यो सान्त्वनामै सीमित बन्न पुग्यो।
आर्सनलको २२ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ। आर्सनललाई आइतबार राति भएको खेलमा साउथह्याम्टनले ३–२ ले हरायो।
लिगमा शीर्ष स्थानमा उक्लिएको लिभरपुलले १७ खेलबाट ४५ अंक जोडेको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीको ४४ अंक छ। टोटनह्याम तेस्रो स्थानमा रहदै ३९ अंक जोड्न सफल छ। चौथो स्थानको चेल्सीको ३७ अंक छ भने पाँचौ स्थानको आर्सनलको ३४ र छैटौं स्थानको म्यानचेस्टर युनाइटेडको २६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।