काठमाडाैं- सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलअन्तर्गत आाजबाट नवौँ चरणका खेलहरु सुरु हुँदैछन्। नवाैं चरणअन्तर्गत आज ३ खेलहरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएकाे छ।
आजकाे पहिलाे खेल न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पाबीच हुनेछ। खेल एन्फा मैदानमा बिहान ११ बजे सुरु हुनेछ।
त्यस्तै, दोस्रो खेलमा सरस्वती युथ क्लबले जावलाखेल युथ क्लबकाे सामना गर्नेछ। दिउँसाे साढे २बजेका लागि तय भएकाे याे खेल पनि एन्फा मैदानमै हुने बताइएकाे छ।
आजै हुने तेस्रो खेलमा सङ्कटा क्लब र फ्रेन्ड्स क्लब आामने-सामने हुँदैछन्। खेल हल्चोक मैदानमा साढे २ बजे नै हुनेछ।
आाठाैं चरणकाे समाप्तिसम्ममा मनाङ मर्स्यांग्दी क्लबले आफ्नाे अपराजित यात्रालाई कायम राख्दै शिर्ष स्थानमा छ। उसले ८ खेलमा २४ अंक जाेडेकाे छ। मनाङसँग जित निकाल्न नसकेकाे थ्रीस्टारले अन्य सबै खेलमा जित हात पारेकाे छ। अंकतालिकाकाे दाेस्राे स्थानमा रहेकाे थ्रीस्टारकाे २१ अंक छ।
समान अंक जाेडेपनि गाेलअन्तरका आधारमा संकटा तेस्राे स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।