जनकपुर- धनुषामा 'एन्फा लाइसेन्स कोचिङ कोर्स, २०७५' सुरु भएकाे छ। प्रदेश स्तरीय ३२ जना फुटबल प्रशिक्षक तयार गर्ने उद्देश्यले साे तालिम सुरु गरिएकाे हाे।
आइतबार अखिल नेपाल फुटबल संघ, धनुषाले सुरु गरेकाे प्रशिक्षण कार्यक्रम क्षिरेश्वरनाथ नगरपालिका-५ स्थित क्षीरेश्वर जनता उच्च माविको मैदानमा हुनेछ। कार्यक्रम पुस ५ गतेसम्म चल्नेछ।
तालिमपछि प्रदेश २ का प्रत्येक जिल्लाबाट ४–४ जना गरी ३२ जना प्रशिक्षक तयार हुने एन्फाले जनाएको छ।
प्रशिक्षक तयार गर्न चीनबाट आएका टेक्निकल डाइरेक्टर चाइकी ताकिदा र गोल किपर प्रशिक्षक मित्सुमारो तासिहिरोले ५ दिनसम्म प्रशिक्षण गराउनेछन्।
अाज भएकाे उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा सामाजिक विकास मन्त्री नवल किसोर साहले खेलकुदकाे विकासमा जोड दिनु पर्ने बताए। विश्वमा देशको नाम उजागर गर्ने माध्यम खेल भएको बताउँदै मन्त्री साहले प्रदेश २ का सबै खेलाडीलाई कडा मेहनत गरी विश्वसामु देशकाे नाम गौरवको साथ चिनाउन सुझाब दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।