• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन ७, २०८२ Thu, Feb 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

सनी पटेलको उत्कृष्ट बलिङमा भैरहवालाई हराउँदै ललितपुर क्वालिफायरमा

64x64
नेपाल लाइभ आइतबार, पुस १, २०७५  १५:२८
1140x725

काठमाडौं- एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत ललितपुर प्याट्रिओट्स क्वालिफायरमा प्रवेश गरेको छ। यसअघि नै दोस्रो चरणमा स्थान पक्का गरेको ललितपुरले सनी पटेलको उत्कृष्ट बलिङमा भैरहवा ग्लाडिएटर्सलाई ६ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान पक्का गरेको हो। 

भैरहवाले दिएको ९३ रनको लक्ष्य ललितपुरले १४.२ ओभरमा ४ विकेटको क्षतिमा पार गर्‍यो। 

जितसँगै ललितपुर क्वालिफायरमा पुग्यो। क्लालिफायरमा जित हात पारे ललितपुर सिधैं फाइनलमा पुग्नेछ। हारले पनि ललितपुरलाई दोस्रो क्वालिफायर खेल्ने मौका हुनेछ।

यता भैरहवाको पनि क्लाफाइरमा पुग्ने सम्भावना बाँकी छ। सोमबार काठमाडौं किंग्स ११ र विराटनगर वारियर्सबीचको खेलपछि दोस्रो चरण समिकरण पक्का हुनेछ। काठमाडौंले जित हात पारे क्वालिफायर पुग्नेछ। काठमाडौंले हार बेहोरे भैरहवा क्वालिफायरमा पुग्नेछ। विराटनगर पराजित भए चितवन टाइगर्स पनि दोस्रो चरण पुग्ने सम्भावना हुनेछ।

लिगमा ५ खेलबाट ८ अंक जोड्दै ललितपुर शीर्ष स्थानमा छ। दोस्रो स्थानको भैरहवा र तेस्रो स्थानको काठमाडौंको ६-६ अंक छ। दुवै टिम प्लेअफमा पुगिसकेका छन्। विराटनगर र चितवनको ४-४ अंक छ। दुई मध्ये एक टिम प्लेअफमा पुग्नेछन्। पोखरा राइनोज पाँचै खेलमा पराजित हुँदै पहिलो चरणबाटै बाहिरियो। 

Ncell 2
Ncell 2

आइतबार कीर्तिपुरमा भएको खेलमा ललितपुरका ओपनर गौरव तोमार पहिलो ओभरको अन्तिम बलमा ९ रन जोडेर आउट भए। उनलाई मोहमद नावीदले शरद भेषवाकरबाट क्याच गराए। लगत्तै अर्को ओभरमा ज्ञानेन्द्र मल्ल रायन टेन डोकास्टेले ४ रनमा आउट गरे। कुशल भुर्तेलले पनि २ रन भन्दा बढी जोड्न सकेनन्। ललितपुरले चार ओभर चल्दै गर्दा महत्वपूर्ण ३ विकेट गुमाएको थियो।

त्यसपछि मैदान प्रवेश गरेका पवन सराफले २५ रन जोड्दै ललितपुरको स्कोरबोर्ड चलायमान बनाए। उनले शरद भेषवाकारबाट बोल्ड हुनुअघि ३६ बलमा २ चौका र १ छक्का प्रहार गरे। यस्तै सन्दीप जोरा १८ रन र जयकिशन कोल्शावाल २२ रनमा नटआउट रहे। 

बलिङमा भैरहवाका रायन टेन डोकास्टले २ विकेट लिए। शरद भेषवकार र मोहमद नाविदले १-१ विकेट लिए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवा १९ ओभरमा ९२ रनमा अलआउट भयो। खराब ब्याटिङको नमुना प्रस्तुत गरेको भैरहवाका लागि २ ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन जोडे। रवि इन्दर सिंहले २५ रन बटुले। तेस्रो नम्बरमा ब्याटिङ गरेका उनले १५ बलमा ३ चौका र २ छक्का प्रहार गरे। रायन टेन डोस्काटेले सबैभन्दा बढी ३७ रन बटुले। उनले ३६ बलमा ३ चौका र १ छक्का हिर्काए।

त्यसअघि ओपनरद्वय मोहमद नावीद र प्रदीप ऐरी २-२ रनमा आउट भए। दुवै सनी पटेलले पेभिलियनको बाटो देखाए। कप्तान शरद भेषवाकर  १ रन,  आरिफ शेख ४ रन, रोहितकुमार पौडेल ७ रन, कृष्ण कार्की ४ रन, भुवन कार्की ०, कुशल कार्की ३ रनमा आउट भए।

भैरहवाको इनिङ ध्वस्त पार्ने क्रममा ललितपुरका सनी पटेलले ५ विकेट लिए। उनले ४ ओभरमा १२ रन मात्र खर्चिए। रासिद खान र पवन सराफले २-२ विकेट हात पारे। ललितसिंह भण्डारीले १ विकेट हात पारे।

प्रकाशित मिति: आइतबार, पुस १, २०७५  १५:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गठबन्धनको दूषित राजनीति नगर्ने गगन थापाको दाबी
रास्वपाको प्रतिबद्धतापत्र: सरकार सम्हालेको तीन महिनाभित्र संविधान संसोधनका लागि बहसपत्र तयार गर्ने
सुर्खेतबाट रविको चुनौती- घण्टीसँग भिड्न सबै दल मिलेर आए हुन्छ
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एमाले रसुवाका पूर्वअध्यक्षसहित झन्डै १०० कार्यकर्ता काँग्रेसमा प्रवेश बिहीबार, फागुन ७, २०८२
यस्तो छ कांग्रेसको २०० पेज लामो प्रतिज्ञापत्र (पूर्णपाठ) बिहीबार, फागुन ७, २०८२
एमालेका पूर्वमन्त्री रामवीर मानन्धरसहित ४ नेता काँग्रेसमा समाहित बिहीबार, फागुन ७, २०८२
गठबन्धनको दूषित राजनीति नगर्ने गगन थापाको दाबी बिहीबार, फागुन ७, २०८२
रास्वपाको प्रतिबद्धतापत्र: सरकार सम्हालेको तीन महिनाभित्र संविधान संसोधनका लागि बहसपत्र तयार गर्ने बिहीबार, फागुन ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
नेकपाका महासचिव ऋषि कट्टेलसहित चार जना पक्राउ बुधबार, फागुन ६, २०८२
पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ बुधबार, फागुन ६, २०८२
राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचनमा जानु उचित, नत्र चुनावपछि थप द्वन्द्व हुनेछ : ज्ञानेन्द्र शाह बुधबार, फागुन ६, २०८२
रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिले छोडिन् पार्टी बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्