टुरिन– इटालियन सिरि ए अन्तर्गत टुरिन डर्बी भिडन्तमा युभेन्ट्स विजयी भएको छ। शनिबार राति भएको खेलमा युभेन्ट्सले शहरी प्रतिद्वन्द्वी टोनिरोनलाई १–० गोलले पराजित गरेको हो।
युभेन्ट्सको जितमा स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे। उनले ७० मिनेटमा पेनाल्टीमा गोल गरेका थिए। सब्सिच्युटको रुपमा मैदान प्रवेश गरेका गोलकिपर सल्भाडोर इचाजोले मारियो मान्जुकिकलाई लडाएपछि युभेन्ट्सले पेनाल्टी अवसर पाएको थियो। पेनाल्टीमा सफल भएसँगै रोनाल्डोले सिजनको लिगमा एघारौं गोल गरे।
खेलमा टोरिनोका इजो र आन्द्रै बेतोटीको प्रयास गोलमा परिणत हुन सकेन।
लिगमा अपराजित युभेन्ट्सले जितसँगै १६ खेलबाट ४६ अंक जोडेको छ। दोस्रो स्थानको नापोलीको १५ खेलबट ३५ अंक छ भने इन्टर मिलान १६ खेलबाट ३२ अंक जोड्दै तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।