म्याड्रिड– स्पेनिस ला लिगामा रियल म्याड्रिडले रायो भालेकानोमाथि १–० को जित हात पारेको छ।
रियलका लागि करिम बेन्जिमाले खेलको १३ मिनेटमा गरेको गोल निर्णायक दिए। दोस्रो हाफको इन्जुरी टाइममा रियलका गोलकिपर थिबाउट कउटोइसले दुई सुन्दर बचाउ गर्दै रियललाई महत्वपूर्ण जित दिलाए।
लिगको अर्को खेलमा एट्लेटिको म्याड्रिडले रियल भोलडोडिलाई ३–२ ले हरायो।
जितपछि रियल १६ खेलबाट २९ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। दोस्रो स्थानको एट्लटिकाको ३१ अंक छ। एक खेल कम खेलेको शीर्ष स्थानको बार्सिलोनाको पनि ३१ अंक नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।