म्यानचेस्टर– म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। सिटीले शनिबार राति भएको खेलमा एभर्टनलाई ३–१ गोलले हरायो।
सिटीका लागि गाब्रियल जेससले २ गोल गरे। उनले खेलको २२ र ५० मिनेटमा गोल गरेका थिए। यस्तै स्टर्लिङले ६९ मिनेटमा गोल गरे।
एभर्टनका लागि कलभर्ट लेभिनले ६५ मिनेटमा गोल गरे।
लिगको अर्को खेलमा टोटनह्यामले वर्नलीलाई १–० गोलले पराजित भयो। टोटनह्याकका लागि इरिक्सनले दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै रोमाञ्चक जित दिलाए।
लिगमा सिटीले १७ खेलबाट ४४ अंक जोडेको छ। दोस्रो स्थानको लिभरपुलको १६ खेलबाट ४२ अंक छ। टोटनह्याम १७ खेलबाट ३९ अंक जोडेर तेस्र स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।