काठमाडौं– लेखक रमेश भण्डारीका कथा संग्रह ‘पोर्टर’ सार्वजनिक भएको छ। राजधानीमा आयोजित एक कार्यक्रमबीच आख्यानकार कृष्ण धरावासी, समालोचक राजकुमार बानियाँ, कवि शकुन्तला जोशी र लेखक स्वयंले किताबको विमोचन गरेका हुन्।
विमोचन कार्यक्रममा बोल्दै कवि शकुन्तला जोशीले पुस्तकमा सुधार गर्नुपर्ने केही कुराहरु बाहेक राम्रा कथा समावेश भएको बताइन्। उनले वर्तमान नेपाली कथाबारे मतहरु राखेकी थिइन्।
समालोचक राजकुमार बानियाँले कथाकार भण्डारीको पहिलो कृति भए पनि राम्रो सम्भावना देखिएको बताए। ‘रमेशसँग आफूमा भएको कथा भन्ने तरिका गज्जबको रहेको छ,’ उनले भने। त्यस्तै वरिष्ठ आख्यानकार कृष्ण धरावासीले कथाले आफूलाई तानेको बताएका थिए।
पुस्तकका लेखक रमेश भण्डारीले जीवनका विभिन्न कालखण्डमा अनेक घटना, पात्र, परिवेशले सुषुप्त अवस्थामा रहेको साहित्यिक चेतलाई छोएपछि त्यसलाई कथाको रुप दिएको बताए।
कथा संग्रहमा १८ कथा समावेश छन्। पुस्तकलाई इण्डिगो इंक पब्लिकेसनले बजारमा ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।