काठमाडौं- आर्यन फिल्मस् प्रोडक्सन तथा अमेरिकाको बोधी इन्टरटेन्टमेन्ट एलएलसीको संयुक्त प्रस्तुतिमा चर्चित कलाकार निर्मला शर्माको निर्देशनमा बोधी एचडीबाट रमाइलो वेबसिरिज 'चुरीफुरी डटकम'को सुटिङ प्रारम्भ भएको छ।
नेपाली भाषाको टिभी सामग्रीहरुमा सकारात्मक रमाइलो सामग्री 'चुरीफुरी डटकम' आउन थालेको हो । टिभीमा प्रसारण अनि भिडियो सामग्री खोजीको प्रक्रियालाई सरल बनाउँदै बोधी एचडीका लागि कलाकार निर्मल शर्माले यसको निर्देशन गर्दैछन्।
रमाइलो वेब सिरिज चुरीफुरी डटकमको एक्जिक्युटिभ निर्माता रमेश एम के पौडेल छन्। वेब सिरिजको अर्को निर्माता एमिला लामा हुन्।
सिरिजको प्रोमोशनल गीतमा वरिष्ठ संगीतकार तथा गायक शम्भूजीत बास्कोटाको संगीत रहेको छ भने आवाज पनि बास्कोटाकै छ। यसको भिएफएक्स गौतक खड्का र राम चौधरीले गर्नेछन्।
मंसिर २८ गते प्रोमोको शुट सम्पन्न भएको जानकारी निर्माता रमेश एम के पौडेलले दिए।
'चुरीफुरी डटकम'मा निर्देशक शर्मासहित कलाकारहरु गजित बिस्ट, रजनी केसी, केशव भट्टराई, कमलमणि मैनाली, मुकुन्द मैनाली, कविज्यू, रवि शर्मा (घाटो), सुनिता श्रेष्ठ, स्वनिका बास्तोला, रितु अस्मिता खनाल, रामेश्वर केसी, सुभास गजुरेल रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।