फाइल तस्बिर
काठमाडौं- भेट्रान बलर शक्ति गौचनले दुई दशक लामो क्रिकेट यात्राबाट आज संन्यास लिएका छन्।
एभरेस्ट प्रिमियर लिग (इपिए) को शनिबारको खेलमा पोखरा पल्टनबाट चितवन टाइगर्ससँग खेल्दै शक्तिले सक्रिय खेल जीवन टुंग्याएका हुन्। उनी सम्मिलित अन्तिम खेलमा पनि पोखरा पराजित भएको छ। चितवन टाइगर्सले शक्ति उपकप्तान रहेको पोखरालाई ७ विकेटले पराजित गर्यो।
बिदाइ हुँदैगर्दा शक्ति निकै भावुक देखिन्थे। उनले पत्रकारसँग कुरा गर्दै अब आफ्नो सक्रियता क्रिकेटको विकास र प्रशिक्षणमा रहने बताए।
अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो खेलाडीको रुपमा परिचि शक्तिलाई 'द पावर' नामले पनि चिनिन्छ। उनले गत असारमा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।