राजविराज– सप्तरीको वरमझीयामा सञ्चालित प्रदेश स्तरीय ‘१९औं हिरोकप’ फुटबल प्रतियोगिताको उपाधि पर्सा ११ ले हात पारेको छ।
शुक्रबार सम्पन्न खेलमा सर्लाही ११ लाई १–० गोल अन्तरले हराउँदै पर्सा ११ उपाधि विजेता बनेको हो।
रोमाञ्चक खेलमा पहिलो हाफको ३२औं मिनेटमा पर्साका कृपाकान्त चौधरीले डिएरियाबाट गरेको प्रहार गोलमा परिणत भयो।
सोही गोल निर्णायक नै बन्यो।
जितसँगै पर्सा ११ ले १ लाख नगद पुरस्कार जितेको छ भने उप विजेता सर्लाही ११ ले नगद ५० हजार पुरस्कार प्राप्त गरेको छ।
विजेता खेलाडीलाई प्रतिनिधि सभा सदस्य डा. सूर्य नारायण यादव तथा कञ्चनरुप नगरपालिकाका मेयर बसन्त कुमार प्रमाण पत्र प्रदान गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।