काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मस्याङ्दी क्लबले उपाधि जित्ने अभियान बलियो बनाउँदै लगेको छ। मनाङले शुक्रबार भएको महत्वपूर्ण खेलमा अर्को उपाधि दाबेदार टिम त्रिभुवन आर्मी क्लबलाई हराउदै उपाधि यात्रा बलियो बनाएको हो।
लगातार आठौं खेलमा जित निकाल्ने क्रममा मनाङले आर्मीमाथि १–० को जित निकाल्यो। आर्मीको महत्वपूर्ण जितमा विशाल राईले निर्णायक गोल गरे। उनले खेलको ३१ मिनेटमा डिबक्स भित्रबाट सुन्दर गोल गरेका थिए। ओलावाले अफिजले डिबक्सबाट बल अघि बढाउने क्रममा आर्मीका डिफेन्डरले रोक्क थिए। लगत्तै ओलावाले मैदानमा ढले पनि विशालको खुट्टामा बल परेको थियो। एडभान्जेट बलमा उनले उत्कृष्ट गोल गरेका थिए।
त्यसअघि ओलावालेले वान भर्सेस वानको अवस्थामा हानेको प्रहारलाई आर्मीका गोलकिपर विकेश कुथुले रोकेका थिए।

खेलमा पछि परेको आर्मीले पहिलो हाफ भरी मनाङलाई दबाबमा राखेपनि फिनिङसिङमा चुकिरह्यो। पहिलो हाफको अन्त्यतिर जर्जप्रिन्स कार्कीको प्रहारलाई मनाङका गोलकिपर विशाल श्रेष्ठले रोके।
जितसँगै मनाङले ८ खेलबाट २४ अंक जोडेको छ। ८ खेलबाट २१ अंक जोडेको संकटा दोस्रो स्थानमा छ। एक खेल कम खेलको तेस्रो स्थानको थ्रीस्टारको १८ अंक छ। आर्मी भने ८ खेलबाट १७ अंक जोडेर चौथो स्थानमा छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।