फाइल तस्बिर ttnotes.com
ललितपुर- विश्व कला परिषद्ले यस वर्ष ललितपुर महानगरपालिकालाई ‘कला नगरी’ घोषणा गरेको छ।
नेपाल हस्तकला महासंघले शुक्रबार ललितपुरमा सातौं हस्तकला दिवसको अवसर पारेर विश्व कला परिषद्ले यस वर्ष ललितपुर महानगरपालिकालाई ‘कला नगरी’ घोषणा गरेको औपचारिक जानकारी गराएको हो।
कला र कलाकारहरुले सम्पन्न सहर भएकाले विश्व कला परिषद्ले एक महिनाअघि ललितपुर महानगरपालिकालाई कला नगरी घोषणा गरेको महासंघका अध्यक्ष धर्मराज शाक्यले जानकारी दिए।
कार्यक्रममा बोल्दै संस्कृतिविद् सत्यमोहन जोशीले प्राचीन कला र संस्कृतिले भरिपूर्ण भएकाले ललितपुर नगरीको महत्व विश्वमा बढदै गएको स्मरण गराए। उनले ललितपुरलाई अझै परिचित गराउन यहाँको ऐतिहासिक घटनाहरुको अभिलेख राख्न पनि नेपाल हस्तकला महासंघलाई आग्रह गरे।
ललितपुरको पाटन दरबार क्षेत्र विश्व सम्पदा सूचिको रुपमा विश्वमाझ परिचित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।