• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

महासमितिले गर्नुपर्ने संकल्प र कार्यदिशा

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २८, २०७५  १२:३२
1140x725

नेपाली कांग्रेसको महासमिति बैठक बस्दै गर्दा उपस्थित हुने कर्मठ महासमिति सदस्यहरुको प्रथम जिम्मेवारी महासमिति बैठक किन बस्दैछ भन्ने मनन गर्नु हो। महासमितिको बैठकमा आन्तरिक समस्या पहिल्याउँदै समाधानका उपायमा एकमत भएपछि यस दलको भावी रणनीतिको यस्तो मस्यौदा बनाउनुपर्नेछ जसले यो दललाई राष्ट्रिय राजनीति र जनताको दैनिक जीवनमा सकारात्मक प्रभावका साथ नेतृत्वदायी भूमिकामा पुन:स्थापित गरोस्।

महासमितिको बैठक किन बस्दैछ भन्ने विषयमा नेपाली कांग्रसका कुनै पनि नेता वा कार्यकतालाई कुनै किसिमको भ्रम छैन। तर, बृहत्त राष्ट्रिय हित र नेपाली कांग्रेसको दलीय हितभन्दा आफ्ना व्यक्तिगत स्वार्थलाई प्रश्रय दियौं भने नेपाली जनता, यस दलप्रति आस्था राख्ने मतदाता र कार्यकर्ताको हितविपरीत हुनेछ।

आज हामीले कुनै किसिमले कुण्ठा पालेर पार्टीलाई सही भावी कार्यदिशा दिन सकेनौं भने जनताको लोकतन्त्रको एक्लो धरोहर फेरि ठड्याउन धेरै सकस व्यहोर्नु पर्नेछ। अहिले देखिएका राजनीतिक, नैतिक, सामाजिक पतनका विरुद्ध नेपाली कांग्रेसको आवाज बुलन्द गर्न र राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिकालाई सशक्त बनाउन सबैको सम्मान भएको एकताबद्ध कांग्रेस चाहिन्छ।

२००७, २०४६ र २०६२/०६३ सालका जनआन्दोलनहरुको नेतृत्व गरी सफलतापूर्वक जनआन्दोलनहरुलाई अवतरण गराउन सफल राजनीतिक दल नेपाली कांग्रेसको दोस्रो ठूलो निकाय महासमितिको बैठक सम्पन्न हुँदैछ। नेपाली कांग्रेस वर्तमान अवस्थामा संसद र सडक दुवैमा कमजोर प्रतिपक्षमा उभिन पुगेको बेला हुन लागेको बैठकले कांग्रेसलाई सक्षम, सशक्त, प्रभावकारी एवं सगठनात्मक दृष्टिले चुस्त दुरुस्त बनाउँदै जनताका बीचमा लोकप्रिय दलका रुपमा स्थापित गराउन ठोस दिशा निर्धारण गर्नैपर्दछ।

कांग्रेसका नीति तथा विचारमा २१औं शताब्दीका जनतालाई आकर्षित गर्ने उदेश्यले कस्तो परिवर्तन गर्ने, गतिशील प्रभावकारी पार्टी बनाउनका लागि के रणनीति तय गर्ने, नेतृत्व क्षमता, योग्यता र आचरणका बारेमा कस्ता धारणा बनाउने जस्ता प्रश्नहरुको उत्तर महासमिति बैठकले दिनै पर्दछ।

नेपाली कांग्रेसको यो महासमितिको बैठक कांग्रेसको नवजीवनका लागि प्रस्थान विन्दु हो र बन्नु पर्दछ। आत्मविश्वास, एकता,  त्यागको उत्साह र उमंगलाई पुनस्थापित गर्नु छ। जनताको भविष्य निर्माणको शक्तिका रुपमा स्थापित गर्नु छ। अहिलेकै अवस्थामा पार्टी रहने कुरा मान्य हुँदैन। कांग्रेसलाई नेतृत्वकारी र निर्णायक भूमिकामा पुर्‍याउन दरिलो निर्णय गर्नुछ।

नेपाल र आम नागरिकको सुखद भविष्यका लागि अधिनायकवादका सबै सम्भवनाबाट उन्मुक्तिको बाटो तय गर्नु छ। नेतृत्वमा नयाँपन, नेतृत्वको कार्यशैलीमा परिवर्तन ल्याउनु छ। यसका लागि कांग्रेस नयाँ रुपमा प्रस्तुत हुने विचारमा तिक्ष्णता र संगठनमा सशक्तता, आम कार्यकर्ताको क्षमता प्रष्फुटन र भविष्य निश्चिन्तता दिने कटिबद्धता कांग्रेसजनको संकल्प हुनुपर्दछ। साथै यसबाट पार्टीप्रतिको आकर्षणमा वृद्धि भई युवा, महिला, विद्यार्थी बुद्धिजीवी, किसान र मजदूरलगायतका आम जनसमुदायको सहभागिता सुनिश्चित हुनेछ।

आज हामीले कुनै किसिमले कुण्ठा पालेर पार्टीलाई सही भावी कार्यदिशा दिन सकेनौं भने जनताको लोकतन्त्रको एक्लो धरोहर फेरि ठड्याउन धेरै सकस व्यहोर्नु पर्नेछ।

nimb
nimb
Ncell 2
Ncell 2

कांग्रेसले विशेषतः स्थानीय निर्वाचनदेखि आम निर्वाचनसम्मको अनुभव र त्यसपश्चात् लिएका नीति, कार्यशैली र व्यवहारमा केकस्तो परिवर्तन गर्‍यो? कार्यकर्ताहरुलाई विश्वस्त एवं उत्साहित बनाउन, जनतामाझ पुग्न कस्तो रणनीति अपनायो जस्ता विषयमा गम्भीर छलफल गर्ने थलो महासमिति हो। यसले गाँउदेखि केन्द्रसम्मका नेतृत्वले आफू र आफ्नो शैलीमा परिवर्तन गर्नुपर्ने कुराहरुबारे ठोस निर्देशन दिनुपर्दछ।

पार्टी सरकारमा रहँदा सरकारले गर्ने निर्णय जनभावना अनुरुपकै हुनुपर्दछ। साथै जनताले प्रतिक्रिया दिएका विषयमा सम्वेदनशील भएर तत्कालै सम्बोधन गर्नुपर्दछ। प्रधानन्यायाधीशमाथिको अभियोग, प्रहरी महारीक्षक नियुक्तिमा कांग्रेस नेतृत्वमा देखिएको विवाद, भरतपूर महानगरको निर्वाचन, वर्तमान सरकारको नीति तथा कार्यक्रमलाई गरिएको मौन समर्थन लगायतका विषयहरुमाथि गम्भीर छलफल र बहसले नै कांग्रेसलाई पुनर्जागरण गरी जिवन्तता प्रदान गर्न सक्दछ। भावी निर्वाचनमा तीनै तहका सरकारमा सफलता हासिल गर्ने आजदेखिको कार्यदिशा यसले तय गर्नुपर्दछ। पार्टीलाई क्रियाशील बनाउने र बनाउनसक्ने वैचारिक नेतृत्वका माध्यमबाट सशक्त संगठन निर्माणका लागि कार्यान्वयनात्मक मार्ग तय गर्न सबै सदस्यहरुको निडर, पक्षपातरहित र निस्वार्थी भावनाका साथ विचार प्रदान गरी यो महासमिति बैठकलाई सफल बनाउनु पर्दछ।

कांग्रेसको आत्मा भनेकै यसका कार्यकर्ता हुन्, ती कार्यकर्ताको नेतृत्व गर्ने पंक्ति महासमिति बैठकमा भेला हुन्छौं। आम कार्यकताका बीचमा उत्साह जगाउने, उर्जा सिर्जना गर्ने र न्न्यायपूर्ण संरक्षण गर्ने हाम्रो कर्तव्य हो। मूल प्रश्न हामी यसका लागि तयार छौं कि छैनौं? नेतृत्व यसका लागि तयार छ कि छैन? नेपाली जनता कांग्रेसलाई मुलुकको सक्षम नेतृत्व गर्ने अझ सबल पार्टीका रुपमा हेर्न चाहन्छन्। यसका लागि कांग्रेस तयार रहन आवश्यक छ।

हामीले आफूमा गर्नुपर्ने परिवर्तन केके हुन्? विगतमा जनताले कुन मुद्दाहरुमा हामीप्रति गुनासो गरे? संविधान निर्माण र त्यसको राजनीतिक कार्यान्वयनको नेतृत्व गर्ने पार्टी किन संघीय र प्रदेश संसदमा कमजोर रह्यो? सरकारमा हुँदा त्यसको कार्यशैलीको प्रभाव जनतामा कस्तो रह्यो? हामीले सुशासन कति दिन सक्यौं? खुला हृदयका साथ यथार्थ विश्लेषण गरौं।

निर्वाचनअघि नै पार्टीले कार्यकर्तालाई दिनुपर्ने प्रशिक्षण हामीले दिन सकेनौं। नीतिगत रुपमा तल्ला तहका कार्यकर्तालाई शिक्षित बनाउन सकेनौं। पार्टीलाई अनुशासित बनाउन सकेनौं। अनुशासन पालनाको कर्तव्य कांग्रेसको हो र कांग्रेसले कांग्रेसको अनुभूति गर्ने वातावरण तयार पार्न सकेनौं। पार्टीको संगठनका स्थिति गाउँगाउँमा के छ? संगठनमा साथीहरुको क्रियाशीलता कस्तो छ? त्यसको निरन्तर अनुगमन गर्ने र कार्यकर्ताहरुसँग संवाद गर्न सकेन। पार्टीका भ्रातृ संस्थाहरुको भूमिका कहिं कतै खासै देखिएन। मूलतः भ्रातृ संस्थाहरुको निरन्तर अनुगमन हुन सकेन। उनीहरुको क्रियाकलाप र उनीहरुको समस्यालाई सम्बोधन गर्न पार्टीको सरोकारै नभएझैं देखियो।

अझ महत्वपूर्ण विषय त हामीले तत्कालीन बेलाको राजनीतिक दलहरुको स्थिति, उनीहरुको नारा, प्रचार र गतिविधिबारे नेतृत्वबाट पार्टीमा कुनै जानकारी आएन। त्यसका सम्बन्धमा चर्चा गर्ने अवसर नै पाएनौं वा गरेनौं। हामीले निर्वाचन प्रयोजनका निमित्त गरेको सहमतिअनुरुप ती पार्टीहरुले कति सहयोग पुर्‍याए या पुर्‍याएनन् भन्ने समयमै विश्लेषण र उनीहरुसँगको संवाद हुन सकेन। तल्लो तहबाट सिफारिस भइआएका तर टिकट नपाएका उम्मेदवार हुन इच्छुक साथीहरुसँग आवश्यक छलफल र संम्वाद पनि गरिएन। पार्टी कमजोर हुनुका यस्ता विषयमा छलफल गरी आगामी मार्ग तय गर्ने हामीले नै हो।

विनापूर्वाग्रह निष्पक्ष भएर ‘वैचारिक नेतृत्वको सशक्त संगठन’को निर्माणमा हामी समर्पित बनौं। यो महासमिति बैठक नै पार्टीलाई मार्गनिर्देश गर्ने र सुमुधुर भविष्यको निर्णयकर्ता हो।

नेपाली कांग्रेस स्थापनाका उद्देश्य, विगतको महाधिवेशनले दिएको निर्देशन एवं तय गरेका रणनीति, पार्टी सरकारमा हुँदा प्राप्त उपलब्धि एवं कमीकमजोरी, भावी कार्यदिशा र कार्यशैलीको समीक्षा समेतको यथार्थ मूल्यांकन र विश्लेषणसहितको स्पष्ट विचारले पार्टीलाई परिपोषित गर्न सक्नुपर्छ।

हामी गौरवका साथ भन्न सक्छौं– हामी परिवर्तनकामी हौं। क्रान्तिकारी हौं। राजनीति मात्र होइन, हामीले सामाजिक र आर्थिक परिवर्तनको पनि नेतृत्व गरेको छौं। तर वर्तमान समयमा राजनीतिक सन्दर्भमा कांग्रेस सत्ताबाहिर र कम्युनिस्ट सत्तावादीहरु सरकारमा छन्। यसप्रति विनापूर्वाग्रह अर्जुनदृष्टिबाट कांग्रेसको संगठन विश्लेषण र यसमा ल्याउनुपर्ने नयाँपन, नयाँ एजेन्डा, जाँगर तयार गर्नु महासमिति बैठकको जिम्मेवारी हो।

नेपाली कांग्रेसभित्र विभिन्न मुद्दाहरुमा देखिएका विचार समूह र नेताहरुको वैयक्तिक शैली तथा व्यवहार, केन्द्रीय कार्यसमितिका विगतका निर्णयका पालना कार्यान्वयन र उल्लंघन, विधानभन्दा बाहिर गएर निर्माण गरिएका संगठन संरचना, विधानमा बाध्यात्मक रुपमा व्यवस्था गरिएका तर गठन नगरिएका विभाग र निर्णयविपरीत गरिएका टिकट वितरणका बारेमा बृहत छलफल गर्दै पार्टीलाई एकसूत्रमा बाँध्ने व्यवस्थापन पद्धतिका ठोस निर्णयहरु महत्वपूर्ण छन्। खुला छलफलले नेतृत्वको कार्यशैलीको आलोचना मात्र नभई पार्टीलाई सच्चिने मार्गमा डोर्‍याउने छन्। यही नै महासमिति सदस्यहरुको परीक्षा हो।

वस्तुगत विश्लेषणसहित अर्थमा पार्टीप्रतिको चिन्ता र चिन्तन गर्ने थलो यही हो। नेपाली जनताले विगतका निर्वाचनमा नेपाली कांग्रेसको विकल्प किन खोजे? यसका कारणहरुको सही विश्लेषण गरौं। आगामी निर्वाचनमा बहुमतको पार्टी बनाउने मार्ग तय गर्न, जनताको अपेक्षा अनुरुपका कार्यहरु कसरी गर्ने, जनताबीच बस्ने, सुन्ने र जनताले बुझ्ने छवि निर्माण गर्ने। सुशासन प्रतिवद्ध, विधिको शासन र शक्ति पृथकीकरणको इमान्दारितापूर्ण अनुनायी पार्टी नेपाली कांग्रेस नै हो भन्ने कार्यबाट प्रमाणित गर्न जरुरी छ।

व्यक्तिवादी भन्दा पनि ‘सबैको कांग्रेस’, ‘जनताको शसक्त आवाज बोक्ने कांग्रेस’, नागरिक भरोसको कांग्रेस’, ‘राष्ट्रिय सम्मुन्नति, स्वाभिमानको कांग्रेस र गरिमाको कांग्रेस बनाउने प्रस्थानविन्दु निर्धारण गर्ने यो महासमिति बैठक सफल हुनैपर्दछ। यी नै हाम्रा अगाडिका चुनौती हुन्।

राजनीतिमा सबैभन्दा महत्वपूर्ण कर्तव्यबोध गर्नु र गराउनु हुन्छ। कर्तव्य परायणताले नै कांग्रेसले लोकतन्त्रको लामो लडाईं लड्यो र विजय प्राप्त गर्‍यो। कांग्रेसका प्रत्येक नेता, कार्यकर्ता र समर्थकले कर्तव्य निर्वाह गर्ने सपथका साथ नेपाली कांग्रेसलाई सुदृढ र सशक्त पार्टी बनाउने अभियन्ता बन्नै पर्दछ। विनापूर्वाग्रह निष्पक्ष भएर ‘वैचारिक नेतृत्वको सशक्त संगठन’को निर्माणमा हामी समर्पित बनौं। यो महासमिति बैठक नै पार्टीलाई मार्गनिर्देश गर्ने र सुमुधुर भविष्यको निर्णयकर्ता हो।

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०७५  १२:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्