Samsung Content Block Ad - Nepal Live Samsung Content Block Ad - Nepal Live
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ४, २०८३ Fri, Apr 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

संस्कृत विश्वविद्यालयमा चरम राजनीति, विद्यार्थीले नै बहिस्कार गरे पिण्डेश्वरको वार्षिकोत्सव

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २८, २०७५  १०:०३
1140x725

इटहरी– मञ्चमा नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत पिण्डेश्वर विद्यापीठको ६७औँ वार्षिकोत्सवको ब्यानर टाँगिएको थियो। दर्शकदीर्घामा लहरै कुर्सी। तर कुर्सीमा बस्ने मान्छे कोही थिएनन्। बरु दायाँबायाँ उभिनेहरु थिए। उनीहरू दर्शकदीर्घामा बस्नभन्दा कार्यक्रम सञ्चालकले बोलाएपछि एकैचोटि मञ्चमा आसन ग्रहण गर्न आतुर देखिन्थे। 

प्रमुख अतिथिका लागि बोलाइए नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइराला। उनको आसनग्रहणमा ताली बजेन। बरु उपस्थितहरु एकापसमा मुखामुख गर्न थाले।

कार्यक्रम सञ्चालकले लहरै अतिथिको नाम बोलाउँदै गए। अतिथिहरू पनि नमस्कार गर्दै मञ्चतिर लागे। त्यतिकैमा दर्शकदीर्घा लगभग खाली भयो। फाटफुट कर्मचारीबाहेक कोही देखिन छाडे। 

कार्यक्रम हलभित्र कुनै उत्साह थिएन। बरु धेरैको मुहारमा आक्रोश झल्किरहेको थियो।

मञ्च पूरै भरियो। त्यसपछि सुरुभयो खैलाबैला। आफू फलानो पार्टीको प्रतिनिधि,  फलानो सङ्गठनको नेता भन्दै आपसमै भनाभन सुरु भयो। 

सबैलाई मञ्चकै कुर्सी चाहिने भयो। तर मञ्चमा स्थान थिएन। त्यतिकैमा क्याम्पसका सुरक्षा गार्डले दर्शकदीर्घाको कुर्सी मञ्चको नजिकै राखिदिए। त्यसपछि पुनः सुरु भयो कार्यक्रम।

वक्ताहरूले बोल्ने क्रम सुरु भयो। तर दर्शकदीर्घामा सुन्ने कोही भएनन्। करिब सय जना नियमित विद्यार्थी रहेको पिण्डेश्वर विद्यापीठको कार्यक्रममा दुई दर्जन पाहुना, केही प्राध्यापक र कर्मचारीको मात्र उपस्थिति थियो। 

पुरस्कार वितरणको कार्यक्रम सुरु गर्न लागिएको सञ्चालकले जानकारी गराए। उकृष्ट विद्यार्थी, शास्त्रीमा प्रथम, वेदमा प्रथम लगायत विभिन्न विषयमा प्रथम हुने विद्यार्थीको नाम सञ्चालकले बताइरहे। तर पुरस्कार लिने कोही पनि विद्यार्थी मञ्चमा पुगेनन्। अर्थात् उनीहरु आएका थिएनन्।

nimb
nimb
Ncell 2
Ncell 2

कार्यक्रममा वक्ताहरूबीच घोचपेच सुरु भयो। अस्तव्यस्त बनेको विश्वविद्यालयप्रति इङ्गित गर्दै सबैले उपकुलपतिप्रति कटाक्ष गर्न थाले।

प्रगतिशील प्राध्यापक सङ्घका अध्यक्ष सुमन खतिवडाले उपकुलपति गद्दार रहेको बताए। उनले यसो भन्दै गर्दा उपकुलपति कोइराला नसुनेझैँ गरी पानी पिइरहेका थिए। त्यसपछि बोलेका प्रजातान्त्रवादी प्राध्यापक सङ्घका सभापति भवानी भट्टराईले उपकुलपतिकै कारण विश्वविद्यालय धराशायी भएको बताए। 

कार्यक्रमको अन्त्यतिर बोलेका उपकुलपतिले आफू कुनै पनि हिसाबमा गलत भएको स्पष्टीकरण दिइरहे। तर कसैले पनि उनको कुरा ध्यान दिएर सुनेनन्। झोला मिलाउन र एकअर्कामा बिदाइ माग्न तयार थिए अन्य अतिथि।

कार्यक्रम स्थलबाहिर भेटिएका नेपाल विद्यार्थी सङ्घका इकाइ सभापति सरोज अधिकारीले विद्यार्थी सङ्गठनलाई बेवास्ता गरेको कारण विद्यार्थी नआएको बताए। विद्यार्थी सङ्गठनलाई प्रशासनले नमानेको कारण आफूहरूले त्यसको प्रतिकार गरेको उनको भनाइ थियो। उनीसँगै भेटिएका विद्यार्थी पुष्प पराजुलीले विश्वविद्यालय प्रतिभन्दा पनि दैनिकीप्रति विद्यार्थीहरू बढी सचेत रहनुपर्ने बाध्यता रहेको बताए। 

उता क्याम्पस प्रमुख चन्द्रमणि नेपालले पुरस्कार लिन बोलाइएका विद्यार्थी उपस्थित नभएको बताए। 

सुनसरीको धरानमा अवस्थित पिण्डेश्वर विद्यापीठको ६७ औँ वार्षिकोत्सव विद्यार्थीबिना सम्पन्न भएको हो। 

औपचारिक कार्यक्रममै रस्साकस्सी चलेपछि कार्यक्रमपश्चात् उपकुलपति र प्रगतिशील प्राध्यापक सङ्घबीच छलफल भएको थियो। तर छलफलबाट पनि कुनै सकारात्मक प्रतिक्रृया नआएको प्रमुख नेपालले बताए। 

राजनीतिक दाउपेचमा मारमा परेको संस्कृत विश्वविद्यालय पछिल्लो समय धराशायी बन्दै गएको छ। विद्यार्थी सङ्गठनदेखि प्राध्यापक र स्वयं उपकुलपति नै राजनीतिको आडमा गलत बाटोमा लागेका छन्। एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्दा निषेधको राजनीति सुरु भएको छ। फलस्वरूप विद्यार्थी स्वयम् विश्वविद्यालयको कार्यक्रम बहिष्कार गर्ने अवस्थामा पुगेका छन्।

पढ्नुस् यो पनि : अस्तव्यस्त संस्कृत विश्वविद्यालय : राजनीतिको चंगुलमा कर्मचारी, भाग खोज्दै विद्यार्थी संगठन


 

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०७५  १०:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र
स्वास्थ्यकर्मीहरुलाई सातामा दुई दिन बिदा दिने निर्णयको नेपाल चिकित्सकसंघद्वारा स्वागत
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा शुक्रबार, वैशाख ४, २०८३
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
स्वास्थ्यकर्मीहरुलाई सातामा दुई दिन बिदा दिने निर्णयको नेपाल चिकित्सकसंघद्वारा स्वागत शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
१२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ शुक्रबार, वैशाख ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
महान्यायाधीवक्ता कँडेलको पक्षमा सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी शुक्रबार, वैशाख ४, २०८३
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
लेखा समिति सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय बिहीबार, वैशाख ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्