बलिउड अभिनेता सलमान खान र अभिनेत्री अनुष्का शर्माको जोडीलाई फिल्म सुल्तानमा निकै मन पराइयो। यो जोडी पुनः एक पटक फिल्ममा सँगै देखिने भएको छ। सञ्जय लिला भन्सालीले निर्देशन गर्ने नयाँ फिल्ममा सलमान र अनुष्का नायक–नायिकाको भूमिकामा देखिने भएका हुन्।
भन्साली र सलमानले १९ वर्ष पहिला फिल्म ‘हम दिल दे चुके सनम’ मा सँगै काम गरेका थिए।
मिडिया रिपोर्टका अनुसार भन्सालीले आफ्नो नयाँ फिल्मको लागि लेखनको काम सम्पन्न गरिसकेका छन्। उनी अब छिट्टै फिल्म छायांकनमा जुट्ने बताइएको छ।
अनुष्का अहिले आफ्नो प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जिरो’को प्रमोसनमा व्यस्त छिन्। उक्त फिल्म २१ डिसेम्बरमा रिलिज हुँदैछ। सलमान पनि आफ्नो नयाँ फिल्म ‘दवंग ३’ को सुटिङ गर्ने तयारीमा छन्। एजेन्सी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।