एजेन्सी– युरोपा लिग फुटबल प्रतियोगिताअन्तर्गत इंग्लिस क्लब आर्सनल र स्पेनिस क्लब सेभिल्ला समूह विजेता बनेर अन्तिम ३२ मा पुगेका छन्।
समूह 'ई' को खेलमा इंग्लिस क्लब आर्सनलले क्वाराबागलाई १–० ले हरायो। उसका लागि लाकाजेटीले १६ मिनेटमा गोल गरे। समूहमा आर्सनल १६ अंक जोड्दै समूह विजेता बन्दा स्पोर्टिङ १३ अंक सहित समूह उपविजेता बन्यो।
समूह ‘एल’ को खेलमा चेल्सीले मोड भिडिसँग २–२ को बराबरीमा रोकिए पनि अन्तिम ३२ मा पुग्यो। चेल्सीका लागि विलियन र जिरुडले गोल गरेका थिए। समूहमा चेल्सीले ६ खेलबाट १६ अंक जोड्यो।
स्पेनिस क्लब सेभिल्ला पनि समूह विजेता बनेर अन्तिम ३२ मा पुगेको छ। सेभिल्लाले समूह ‘जे’ को खेलमा क्रान्नोदारलाई ३–० गोलले हरायो। सेभिल्लाका लागि बेन यद्दारले पाँचौ र दशौं मिनेटमा तथा बेनेगाले ४९ मिनेटमा पेनाल्टीमा गोल गरे। समूहमा सेभिल्लाले १२ अंक जोड्यो भने क्रान्नोदार पनि १२ अंक जोड्दै समूह उपविजेता बन्यो।
इटालियन क्लब एसि मिलान भने बाहिरियो। समूह ‘एफ’ को समूह चरणको अन्तिम खेलमा मिलानलाई ओलम्पियाकोसले ३–१ ले हरायो। समूहमा रियल बेटिस १२ अंक जोडेर समूह विजेता बन्यो। ओलम्पियाकोस र मिलानको १०–१० अंक हुँदा गोलअन्तरमा मिलान पछि पर्दै समूह चरणबाट बाहिरियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।