बलिउड स्टार रणवीर कपुर र आलिया भट्ट प्रेम सम्बन्धलाई लिएर यतिबेला चर्चामा छन्। उनीहरु छिट्टै विवाह गर्ने तयारीमा रहेको समाचार पनि आइरहेका छन्।
रणवीर र आलियाको सम्बन्धलाई लिएर बाहिर हल्ला भइरहँदा आलियाका पिता एवं बलिउडका चर्चित निर्देशक महेश भट्टले मुख खोलेका छन्।
‘सबैलाई थाहा छ, यी दुवै एकअर्कासँग प्रेम गर्छन्,’ भट्टले भनेका छन्, ‘रणवीर असल मान्छे हुन्, अब यो सम्बन्धलाई कसरी अगाडि बढाउनुपर्छ उनैले सोच्ने कुरा हो।’
आलिया र रणवीरको सम्बन्धको बारेमा खुसी व्यक्त गर्दै भट्टले भनेका छन्, ‘यो उनीहरुको निजी मामला हो, यसमा मैले हस्तक्षेप गर्नुपर्ने कारण छैन। उनीहरु नै सक्षम छन्, आफ्नो सम्बन्धलाई कसरी अगाडि बढाउनुपर्छ उनीहरु राम्ररी जान्दछन्।’
अहिले फिल्म ‘ब्रम्हास्त्र’ को सुटिङमा व्यस्त रहेको यो जोडी आफैंले भने यस विषयमा केही बताएका छैनन्। एजेन्सी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।