राजविराज– सप्तरीको रुपनी गाउँपालिका वडा नं. ८ मा बिहीबारदेखि दुई देशीय कुस्ती प्रतियोगिता सुरु भएको छ।
मंसिर २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल तथा भारतका २८ जना कुस्तिवाजहरूको सहभागिता छ।
प्रतियोगितामा बारा, नवलपरासी, सिरहा, पर्सा तथा भारतको बनारस, झाँसी, गाजियावाद, हरियाँणा, दिल्ली, उत्तरप्रदेश लगायतका कुस्तिवाजको सहभागिता रहेको प्रतियोगिता आयोजक समितिका अध्यक्ष सुगम्बर यादवले बताए।
बिहीबार भएको ७ प्रतियोगितामा नेपालका २ र भारतका ५ जना कुस्तिबाज विजयी भएका छन्।
नेपालको विरगन्जका राजेन्द्र र नवलपरासीका पावर पहलवान तथा भारतको बिहारस्थित सीतामणीका राजेन्द्र, केदार बकसर, अररीयाका छोटा यादव, युपीका जितेन्द्र र राजस्थानका कारी पहलमान विजयी भएको अध्यक्ष सुगम्बर यादवले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।