काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ललाई क्रिकेट किट्स निर्माण कम्पनी ट्विस्टरले प्रायोजना गर्ने भएको छ।
भारतीय कम्पनी ट्विस्टरले ब्याट्सम्यान ज्ञानेन्द्रलाई २ वर्षको प्रायोजन गर्ने सम्झौता गरेको हो। जस अनुसार ज्ञानेन्द्रलाई वार्षिक ५ लाख भारु गरी २ वर्षमा १० लाख भारु (१६ लाख रुपैयाँ) को प्रायोजन हुनेछ।
ज्ञानेन्द्र र ट्विस्टरको तर्फबाट केयुर देसाईले काठमाडौँमा बिहीबार प्रायोजना सम्झौता गरेका थिए। ज्ञानेन्द्रले ट्विस्टरको लोगो अंकित ब्याट गत शनिबारबाट सरु भएको एभरेस्ट प्रिमियर लिगमा गर्न थालेका थिए।
ट्विस्टरले भारतको यू १९ तथा प्रथम श्रेणीका खेलाडीहरुलाई प्रायोजन गर्ने गरेको छ। उसले पहिलो पटक अन्तर्राष्ट्रिय खेलाडीलाई प्रयोजन गर्ने क्रममा ज्ञानेन्द्रसँग सम्झौता गरेको हो।
यस्तै ट्विस्टरका किट्सको नेपालमा आधिकारिक बिक्रेताको आधिकार ज्ञानेन्द्रले संचालन गरेका काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरमा पाउने पनि जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।