काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका नम्बर एक गोलकिपर किरण चेम्जोङ माल्दिभ्स फुटबल अवार्डको मनोनयनमा परेका छन्।
माल्दिभ्स फुटबल डटकम र फुटबल एशोसियशन अफ माल्दिभ्सले संयुक्त रुपमा सार्वजनिक गरेको वर्षको उत्कृष्ट गोलकिपरको मनोनयनमा नेपाली गोलरक्षक किरण परेका हुन्। आगामी पुस ३ गते उक्त अवार्डको विजेता घोषणा गरिनेछ।
किरण टिसी स्पोटर्स क्लबबाट माल्दिभ्सको राष्ट्रिय लिग खेल्दै आएका छन्। उनकै टिमले यस वर्षको लिग जितेको छ। उनीसँग मोहम्मद फैसल र सुजन परेरासमेत मनोनयनमा परेका छन्।
क्लबलाई लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका कारण उनलाई मनोनयनमा राखिएको आयोजकले जनाएको छ। यसअघि नेपाली डिफेन्डर रोहित चन्दले पनि यसै हप्ता इण्डोनेसियामा उत्कृष्ट खेलाडीको अवार्ड जित्न सफल भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।