एजेन्सी– युरोपको क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगको समूह चरणका खेल सकिएका छन्। ८ समूहबाट शीर्ष २–२ टिम गरी १६ टिमले नकआउट चरणमा स्थान पक्का गरेका छन्। १६ टिम भने बाहिरिएका छन्।
इंग्लिस प्रिमियर लिग खेल्ने चार क्लबले अन्तिम १६ मा स्थान बनाएका छन्। यस्ता स्पेनिस ला लिगका ३ टिम पनि अन्तिम १६ मा पुगेका छन्।
अब नकआउट चरणको ड्र आगामी सोमबार स्विट्जरल्यान्डमा हुनेछ। नकआउट चरणका खेल फ्रेबुअरीको दोस्रो सातादेखि सुरु हुनेछ।
अन्तिम १६ पुगेका टिम
बोरुसिया डर्टमुन्ड (जर्मनी), एट्लेटिको म्याड्रिड (स्पेन), बार्सिलोना (स्पेन), टोटनह्याम (इंग्ल्यान्ड), पिएसजी (फ्रान्स), लिभरपुल (इंग्ल्यान्ड), पोर्टो (पोर्चुगल), साल्के (जर्मनी), वायर्न म्यूनिख (जर्मनी), अजाक्स (नेदरल्यान्ड्स), म्यानचेस्टर सिटी (इंग्ल्यान्ड), लियोन (फ्रान्स), रियल म्याड्रिड (स्पेन), रोमा (इटाली), युभेन्ट्स (इटाली) र म्यानचेस्टर युनाइटेड (इंग्ल्यान्ड)
नकआउट चरणमा कुन टिमको प्रतिद्वन्द्वी को हुन सक्छ?

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।