काठमाडौं- एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितामा २ खेलाडी कारबाहीमा परेका छन्।
गत शनिबारदेखि सुरु भएको इपिएलमा ललितपुर प्याट्रिओट्सका अलराउन्डर गौतव तोमारको बलिङ एक्सन बैधानिक नभएको आयोजकले जनाएको छ। तोमारको विरुद्धमा अनफिल्ड अम्पायरले रिपोर्ट गरेपछि भिडियो विश्लेषण गरिएको थियो। भिडियो हेरेपछि उनको बलिङ अबैधानिक भएकाले अबका खेलमा उनलाई बलिङ गर्न प्रतिबन्ध लगाइएको छ।
भारत उत्तर प्रदेशका २७ वर्षीय तोमारले पहिलो खेलमा विराटनगरविरुद्ध ३ विकेट तथा दोस्रो खेलमा चितवन टाइगर्सविरुद्ध १ विकेट लिएका थिए। पोखरा राइनोजविरुद्ध भने उनले विकेट लिन सकेका थिएनन्।
यता पोखरा राइनोजका विकेटकिपर ब्याट्सम्यान सुभेन्दु पाण्डे पनि कारबाहीमा परेका छन्। उनले मंगलबार विराटनगर वारियर्सविरुद्धको खेलमा खेल भावना विपरितको व्यवहार देखाएका थिए। अम्पायरको निर्णयलाई लिएर असन्तुष्टि देखाएपछि उनलाई कारबाही गरिएको हो। उनले आफ्नो गल्ति स्विकार गरेका छन्। कारबाही स्वरुप उनको एक अंक घटाइएको छ भने १० प्रतिशतक म्याच फि जरिवाना तिराइने इपिएलले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।