काठमाडौं- सहिद स्मारक 'ए' डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले शतप्रतिशत नतिजा कामयै राखेको छ। सातौं चरणको अन्तिम खेलमा मनाङले मच्छिन्द्र क्लबमाथि संघर्षपूर्ण जित हात पार्दै शतप्रतिशत नतिजा कामयै राखेको छ।
सोमबार भएको खेलमा मनाङको जितमा ओलावाले अफिजले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ओलावालेले खेल सकिन पाँच मिनेट बाँकी छदा गोल गरेका थिए। उनी ५९ मिनेटमा दोना थापाको स्थानमा मैदान छिरेका थिए।
जारी लिगमा अहिलेसम्म जित निकाल्न सकेको मच्छिन्द्रविरुद्ध मनाङले गोल निकाल्न निकै मिहिनेत गर्नु परेको थियो।
जितसँगै लिगको शीर्ष स्थानको मनाङले ७ खेलबाट २१ अंक जोडेको छ। दोस्रो स्थानको थ्रीस्टार र तेस्रो स्थानको संकटा क्लबको समान १८-१८ अंक छ। अपराजित टिम त्रिभुवन आर्मीको १७ अंक छ भने उ चौथो स्थानमा छ।
अंक तालिका
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।