• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २०, २०८३ Fri, Nov 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

जसले खान्छन् दैनिक २५ सय रुपैयाँको ‘डाइट’ 

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक ३, २०७४  ०५:२९
1140x725

रुजेस शाहीले पछिल्लो ६ महिना आम नेपालीले खाने खाना खाएनन्। उनले दाल, भात र तरकारी मात्र होइन नुन, तेल र चिनी पनि खाएनन्।  

नेपाली खाना छाडेका रुजेशले शरीर बनाउन केवल डाइटमात्र खाए। उनी दिनहुँ  ३० वटा अन्डा खान्थे। अन्डा खादा पहेँलो भाग भने खादैन थिए। कुखुराको मासु पनि उनको दैनिक आहारा थियो। कुखुराको मासुको छातीको भाग मात्र उनको रोजाइमा थियो। बोसोरहित मासु उसिनेर मात्र खाइन्थ्यो। 

मासु र अन्डाबाहेक रुजेसले कुरिलो पनि धेरै खाए। सबै प्रकारका फलफुल पनि उनको खानाको मेनुमा थियो। रुजेसले दैनिक ५ देखि ६ लिटर पानी खान्थे। यो हिसाबले रुजेसको खानामा मात्र दैनिक २५ सय रुपैयाँ खर्च हुन्थ्यो। पछिल्लो ६ महिनाको हिसाब गर्दा रुजेसले डाइटमा मात्र ४ लाख ५० हजार खर्च गरेछन्। 

खानाको मेनुसँगै उनले दैनिक जीम सेसनमा ध्यान दिए। कालीमाटीमा रहेको डिभाइन फिजिकल फिटनेस सेन्टरमा उनले कडा मेहनत गरे। खाना र व्यायामको राम्रो तालमेलले रुजेशको ’ज्यान’ बन्यो। 

६ महिनाको खाना र व्यायामको अनुशाषन कायम गर्नुको उद्देश्य एक मात्र थियो, विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपालको झन्डा फहराउने। 

रुजेसहितको नेपाली शारीरिक सुगठन टिम नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन असोज दोस्रो साता मंगोलियाको उलनवटर पुगेको थियो। त्यहाँ पुगेपछि रुजेस अलि नर्भस भए। ‘यसपटक आफ्नो तौलसमूह परिवर्तन गरेर प्रतिस्पर्धा गर्दै थिएँ,’ ४० वर्षीय रुजेसले सुनाए। अघिल्लो च्याम्पियनसिपमा ५५ केजीमा उत्रिँएका उनी यसपटक ६० केजीमा प्रतिस्पर्धा गर्दै थिए। 

प्रतिस्पर्धामा उत्र्नु २४ घन्टाअघि अन्य प्रतिस्पर्धी जस्तै रुजेसले खाना मात्र होइन पानी पनि पिएनन्। कर्बोहाइड्रेडको कमीले शरीरका मांसपेशी सुख्खा भइसकेको थियो। हिम्मत नहारी उनी २० असोजमा प्रतिस्पर्धामा उत्रिँए। आफ्ना शरीरका ७ पोज निर्णायकलाई देखाए। पोज निर्णायकलाई देखाएर निस्किएपछि रुजेसको शरीर हल्का भयो। तर नजिताको अनिश्चितताले भने मन भारी बनिरहयो। 

Ncell 2
Ncell 2
nimb
nimb

विभिन्न राष्ट्रका ११ खेलाडी सहभागी स्पर्धामा रुजेस तेस्रो भए। मन हुलुका पारे। प्रतिस्पर्धामा म्यानमारका खेलाडी प्रथम र मलेसियाका खेलाडी दोस्रो भए। शरीरिक सुगठनमा इरान, भारत र भियतनामका खेलाडीहरु विश्वका उत्कृष्ट खेलाडीमा पर्छन्। यसपटक रुजेसले तीन वटै देशका खेलाडीलाई पछि पारेर पदक जिते। 

‘पदक जितेपछि आफ्नो मेहेनत अनि परिवार सम्झिए। जब मेडलसँगै देशको झन्डा काँधमा ओडियो। मन ढक्क फुल्यो। लाग्यो– मैले आफ्नो लागि होइन, देशको लागि खेलेको रहेछु,’ उनी भावुक भए। 

रुजेस २०१५ मा थाइल्यान्डको बैंककमा भएको सातौं संस्करणका रजत विजेता हुन्। त्यत्ति बेला उनले ५५ केजी तौलसमूहमा प्रतिस्पर्धा गरेका थिए। नेपालका लागि विश्व च्याम्पियनसिपमा रजत जित्ने उनी पहिलो खेलाडी हुन्। 

नेपाललाई अन्तर्राष्ट्रिय उपलब्धि दिलाएका रुजेश ब्यवसायिक रुपमा शारिरीक सुगठनमा लागेको धेरै भएको छैन। २०६६ सालतिरको कुरा हो । रुजेस सहकारी संस्थामा आबद्ध थिए। उनी हेर्दा हस्पपुस्ट थिए।  मिलेको शरीर भएकाले उनलाई कार्यालयकी एक महिला साथीले जिम गरेर शारिरीक सुगठनका प्रतिस्पर्धमा भाग लिन सुझाव दिइन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रुजेस बाल्यकाल देखि नै जिम गर्थे। जरुरी काम परेका दिनबाहेक रुजेशको बिहानको समय जीम सेसनमा बित्ने गरेको थियो। उमेरले ३० नाघ्दासम्म उनले आफ्नो शरीरलाई नियन्त्रणमा राखेका थिए। अफिसकी बहिनीले धेरै कर गर्न थालेपछि उनले उत्तरढोकामा रहेको एक जिमखानामा प्रशिक्षण लिन थाले। उनको पहिलो प्रशिक्षक अर्जुन वर्णवल थिए। नाताले भाइ भएपनि अर्जुनलाई पहिलो गुरु मानेर उनी शारीरिक सुगठनमा होमिए। 

वुल्स मेन्स च्याम्पियन्सिप उनले प्रतिस्पर्धा गरेको पहिलो प्रतिस्पर्धा हो। पहिलो सहभागितामै उनले रजत जितेका थिए। रुजेसले नेपालका प्रतिष्ठित प्रतियोगिताहरु धर्मश्री, मिस्टर हिमालयन र मिस्टर नेपालमा आफ्नो तौल समूहमा स्वर्ण जितिसकेका छन्। 

देख्दा लोभ लाग्ने भएपनि शारिरीक सुगठनको खेलाडी बन्न गाह्रो भएको रुजेसको बुझाई छ। उनी डाईटका लागि धेरै पैसा खर्च हुनेदेखि व्यायामको अनुशासनमा ३ सय ६५ दिन जुट्नु पर्ने कारण यो प्रक्रिया सहज नभएको बताउँछन्। 

‘शारिरीक सुगठनमै लागेर बाच्न सक्नेस्थिति छैन। खल्तिको पैसा खर्च गर्नुपर्ने बाध्यता छ,’ रुजेसले भने, ‘मलाइ घर परिवारबाट भरोसा छ। जीम जाने र डाइट खाने पैसा मेरो आफ्नै र परिवारको सहयोग हो।’  

कतिपय खेलाडी महंगो भएका कारण शारिरीक सुगठन छोड्न विवश छन्। तर पनि रुजेस शारिरीक सुगठनमै किन लागिरहेका छन् त?  यसको सोझो उत्तर उनी दिन्छन्, ‘पैसाभन्दा पनि देश र आफ्नो नामको लागि शारीरिक सुगठनमा लागेको हुँ।’

रुजेसका बुबा ज्ञानरत्न भारोत्तोलनका पुराना खेलाडी थिए । २०३८ सालमा राष्ट्रिय प्रतियोगिता खेलेका ज्ञानरत्नले घरमा जीमका लागि चाहिने सामान जोडेका थिए। बाल्यकालमा डमबेलसँगै लडिबुडी गर्दै हुर्किएका रुजेशले ३० बर्षसम्म शारिरिक सुगठनमा लाग्ने कल्पना गरेका थिएनन्। 

‘मेरो रगतमै भारत्तोलन रहेछ। कति दिन यसबाट टाढा बस्न सक्थे?,’उनी भन्छन्, ‘मेरो लागि पैसा गौण हो। शारिरीक सुगठनका लागि जति डाइट खानु परे पनि, जति दिन भोकै बस्नु परेपनि तयार छु।’

उनको यही सम्पर्णका कारण नेपाली शारीरिक सुगठनले अन्तर्राष्ट्रिय प्रतियोगितामा पछिल्लो समय सफलता हात पारेको छ। बधाई छ, रुजेसलाई।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०७४  ०५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हटाइएका आइजीपीको सरकार विरुद्धको रिट सर्वोच्चमा दर्ता
सभामुखसँगको भेटमा राष्ट्रपतिले राखे सरकारका कामकारबाहीबारे चासो
युद्ध अन्त्यका लागि सक्दो प्रयास गर्ने बारेमा इरानलाई पुटिनको आश्वासन
सम्बन्धित सामग्री
आइजीपीबाट हटाइएका कार्कीको रिट अझै दर्ता भएन, सर्वोच्च छलफलमै आज पनि रिट दर्ताको टुंगो नलागे तिहारअघि सुनुवाइको सम्भावना रहने छैन । २७ कात्तिकमा मात्रै अदालत खुल्ने भएकाले त्यसपछि मात्र रिट पेसी... शुक्रबार, कात्तिक २०, २०८३
सार्वजनिक बसभित्र महिला यात्रुमाथि हातपात र दुर्व्यवहार गर्ने तीन युवक पक्राउ पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ... शुक्रबार, कात्तिक २०, २०८३
मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्पअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु शव पोस्टमार्टमका लागि दिउँसो १२ बजे दुवाकोटस्थित केएमसी अस्पताल लगिएको छ भने दुर्घटनामा संलग्न दुवै सवारीसाधन र ट्रक चालकलाई प्रहरील... बिहीबार, कात्तिक १९, २०८३
ताजा समाचारसबै
हटाइएका आइजीपीको सरकार विरुद्धको रिट सर्वोच्चमा दर्ता शुक्रबार, कात्तिक २०, २०८३
सभामुखसँगको भेटमा राष्ट्रपतिले राखे सरकारका कामकारबाहीबारे चासो शुक्रबार, कात्तिक २०, २०८३
युद्ध अन्त्यका लागि सक्दो प्रयास गर्ने बारेमा इरानलाई पुटिनको आश्वासन शुक्रबार, कात्तिक २०, २०८३
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
आइजीपीबाट हटाइएका कार्कीको रिट अझै दर्ता भएन, सर्वोच्च छलफलमै शुक्रबार, कात्तिक २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्पअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु बिहीबार, कात्तिक १९, २०८३
बालेनका सुरक्षा सल्लाहकार कार्की सरकार विरुद्ध सर्वोच्च अदालतमा बिहीबार, कात्तिक १९, २०८३
कांग्रेस सहमहामन्त्री सिवाकोटीलाई प्रहरीले बाेलायाे बिहीबार, कात्तिक १९, २०८३
महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट हेर्दा हेर्दैमा , तिहारपछि मात्र सुनुवाइ बिहीबार, कात्तिक १९, २०८३
गगन पक्राउकाे हल्लाबीच सरकारकाे गतिविधि समीक्षा गर्न काग्रेंस वैठक बस्दै बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
प्रधानन्यायाधीशले बाेलाएकाे फुल काेर्ट बैठकमा के भयाे? शुक्रबार, कात्तिक १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्