काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइजमाथि संघर्षपूर्ण जित हात पारेको छ। सोमबार भएको खेलमा आर्माीले ब्रिगेडलाई १-० गोलले पराजित गरेको हो।
आर्मीको जितमा टंक बस्नेतले निर्णायक गोल गरे। उनले खेलको ६६ मिनेटमा गोल गर्दै आर्मीालाई अग्रता दिलाएका थिए। सन्तोष तामाङले उपलब्ध गराएको क्रसमा उनले हेडमार्फत बललाई जाली चुमाएका थिए।
जितसँगै आर्मीले ७ खेलबाट ७ अंक जोडेको छ। आर्मी अंक तालिकाको चौथो स्थानमा यथावत छ। शीर्ष स्थानको मनाङ मर्स्याङ्दी, दोस्रो स्थानको थ्रीस्टार र तेस्रो स्थानको संकटा क्लबको समान १८-१८ अंक छ। यद्यपी मनाङले एक खेल कम खेलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।