काठमाडाैं– तत्कालीन माओवादीका नेता प्रचण्ड सार्वजनिक भएको स्थान कास्कीको सिक्लेसमा निर्मित शान्ति स्तम्भकाे अाज उद्घाटन हुने भएको छ। तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले २०६३ असार २ मा प्रचण्डलाई सिक्लेस पुगेर काठमाडौं ल्याएका थिए।
शान्ति स्तम्भ उद्घाटनका लागि नेकपा अध्यक्ष प्रचण्ड र कांग्रेस नेता सिटौला सिक्लेस पुगेका छन्। शान्ति प्रक्रियाको प्रारम्भिक विन्दुका रुपमा रहेको सिक्लेसमा शान्ति स्तम्भ निर्माण गर्न लागिएको हो।
मादि गाउँपालिकाले स्तम्भ निर्माणका लागि चालू आर्थिक वर्षमा दस लाख रुपैयाँ विनियोजन गरेको छ। सिक्लेसमा गुरुङ जातिको बसोबास बढी छ। पर्यटकीय क्षेत्र समेत रहेको सिक्लेसमा होम स्टे सुविधा पनि छ।
सिक्लेस जाने क्रममा प्रचण्डले सिक्लेस जाने बाटोमा बन्न लागेको पुलको शिलान्यास गरे। मादी गाउँपालिका र पोखरा महानगरपालिकाको जोड्न विजयपुल खोलामा पुल बन्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।