एजेन्सी- स्पेनिस ला लिगामा रियल म्याड्रिडले हेउस्कालाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा रियलाई जित दिलाउने क्रममा गारेथ बेलले निर्णायक गोल गरे।
बेलले खेलको अाठौं मिनेटमा गरेको गोल निर्णायक बन्दा रियललाई ३ अंक जोड्न काफी बन्यो। उनले देब्रे खुट्टाले भली सर्टमार्फत गोल गर्दै ला लिगामा पछिल्लो १० गोल गर्न नसकेको खडेरी तोडे।
जितसँगै रियल अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। रियलले २५ खेलबाट २६ अंक जोडेको छ। शीर्ष स्थानको बार्सिलोनाको ३१ अंक जोडेको छ भने दोस्रो स्थानको सेभिल्ला र तेस्रो स्थानको एट्लेटिको म्याड्रिडको समान २८-२८ अंक छ।
लिगका अर्को खेलमा इबार र लेभान्तेले ४-४ गोलको बराबरी खेल्दै अंक बाढेका छन्। यस्तै रियल भोलडोडिडले रियल सोसिडालाई २-१ र रियल बेटिसले रायो भालेकानोलाई २-० गोलले पराजित गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।