विराटनगर– संखुवासभाको खाँदबारी नगरपालिका–६ मयममा आफ्नै बच्चा हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
अवैद्य गर्भधारणबाट जन्मिएको शिशुको हत्या गरेको आरोपमा प्रहरीले ३७ वर्षीया फूलमाया राईलाई पक्राउ गरेको हो। फूलमायाका पति टंकमानको मृत्यु भइसकेको छ।
राईले बच्चा जन्माएर आइतबार राति हत्या गरी फाल्ने प्रयास गरेकी थिइन्। डोकोमा राखेर फाल्न लागेको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।