काठमाडौं- सरकारले सिफारिस गरेका चारै जना राजदूतको नाम संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेको छ।
आइतबार बसेको समितिको बैठकले सरकारले सिफारिस प्रस्तावित राजदुतहरुको नाम अनुमोदन गरेको हो। भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अञ्जान शाक्य र संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकालको नाम सर्वसम्मत निर्णयबाट समितिले अनुमोदन गरेको संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
सुनुवाइ समितिले आइतबार बिहान ११ बजे देखि बेलुका ६ बजेसम्म प्रस्तावित चारै जना राजदूतहरुको पालैपालो सुनुवाइ गरेको थियो। सरकारले सिफारिस गरी पठाएका चारै जनालाई सुनुवाई समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।