काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लबले छैटौं जित हात पारेको छ। आइतबार भएको खेलमा थ्रीस्टारले जावलाखेल युथ क्लबमाथि २-० को जित हात पारेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा थ्रीस्टारले दुवै गोल दोस्रो हाफमा गर्यो।। दुवै गोल रञ्जित धिमालले गरे। उनले पहिलो गोल ५२ मिनेटमा गरे। यस्तै ७० मिनेटमा उनले दोस्रो गोल गरे।
यता च्यासल युथ क्लबले फ्रेण्ड्सलाई ३-१ गोल हरायो। ११ मिनेटमा सन्तबहादुर तामाङले पहिलो गोल गरे। १९ मिनेटमा फ्रेण्ड्सका विकास लामाले बराबरी गोल फर्काए। ५४ मिनेटमा देवेन्द्र तामाङले पेनाल्टीमा गोल गरेर च्यासललाई दोस्रो पटक अग्रता दिलाए। ६८ मिनेटमा हेमन्त थापा मगरले तेस्रो गोल गरेपछि च्यासल ३-१ ले अघि बढेको थियो।
लिगको सातौं चरण जारी रहदा शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबको १८ अंक छ। दोस्रो स्थानको थ्रीस्टारले एक खेल बढी खेल्दै १८ अंक जोडेको छ।
अंक तालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।