काठमाडौं– संसद अधिवेसन छलेर ल्याइएकोे ‘कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५’ आइतबार राष्ट्रपति विद्यादेवि भण्डारीले प्रमाणीकरण गरेकी छन्।
भण्डारीले आइतबार सो अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालय शीतलनिवासका प्रवक्ता छविन्द्र पराजुलीले बताए।
तत्काल संसद बैठक नबसिरहेको र प्रदेश तथा स्थानीय तहमा कर्मचारी पठाउन नसकेको भन्दै गत साता सरकारले अध्यादेश पारित गर्दै प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएको थियो।
केही समयपछि नै संसदको हिउँदे अधिवेसन सुरु हुने अवस्थामा सरकारले संसदलाई छलेर अध्यादेश ल्याएको थियो।
मन्त्रिपरिषद्ले गरेको निर्णयको एक सातामा राष्ट्रपतिले अध्यादेश जारी गरेकी हुन्। उक्त अध्यादेश अब राजपत्रमा प्रकाशित हुनेछ। राजपत्रमा प्रकाशित भएपछि अध्यादेशले कानुनको रुप लिनेछ।
संसद अधिवेसन सुरु भएको ६० दिनमा प्रतिस्थापन विधेयक भने सरकारले पारित गर्नुपर्ने हुन्छ। यदि त्यसो हुन नसकेमा विधेयक निस्क्रिय हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।